भीर माहुरीको मह खाँदा संगीतकार सुरेश अधिकारीलाई अस्पताल नै भर्ना हुनु पर्यो

काठमाडौँ / काभ्रेपलाञ्चाेक कुशादेबीका बासिन्दा, संगीत तथा रोयल्टी संकलन समाजका अध्यक्ष एवं संगीतकार सुरेश अधिकारी अचानक मुटुमा समस्या आएपछि उनलाई सोमबार ललितपुर नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गर्नु परेको छ ।

संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले उनलाई अस्पताल भर्ना गरेको जानकारी दिए । सापकोटाका अनुसार अधिकारीले आइतबार भीर माहुरीको मह खाएका थिए । सोही कारण उनको स्वास्थ्यमा समस्या देखिएको हो । 

अधिकारीको स्वास्थ्य अहिले सामान्य रहेको जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments