भारतको सहयोगमा निर्माण हुने वर्थिङ सेन्टरको भवन शिलान्यास

काठमाडौँ / भारत सरकारको सहयोगमा धादिङको खनियावास गाउँपालिकामा कुरी स्वास्थ्य चौकीसहित ‘वर्थिङ सेन्टर’ भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

आज संविधानसभा सदस्य दिलमान पाख्रिन, धादिङको खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गर्नुभयो । उहाँहरूले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा रु दुई अर्ब ५१ करोड लागतमा कुरी स्वास्थ्य चौकीसहित वर्थिङ सेन्टर निर्माण गर्न लागिएको हो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारीलगायत सामाजिक कार्यकर्ताको उपस्थिति रहेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

उक्त अनुदान स्वास्थ्य चौकीमा सुविधासम्पन्न वर्थिङ सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेनागृह, बाटो र अन्य आवश्यक पूर्वाधार निर्माण गरी प्रयोगमा आउनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) को रूपमा लिइएको छ ।

यो स्वास्थ्य चौकीले नेपालका जनतालाई सहज चिकित्सा स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ भने चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये बागमती प्रदेशमा एक सय आठ परियोजना रहेका छन् ।

साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एक हजार नौ वटा एम्बुलेन्स र तीन सय स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये धादिङका विभिन्न संस्थाहरूलाई १५ वटा एम्बुलेन्स र तीन स्कुल बस उपहार स्वरूप प्रदान गरेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

L’éblouissante aventure des casinos en ligne de Las Vegas

L’éblouissante aventure des casinos en ligne de Las Vegas

Glücksrausch in der Tasche mit der Casino Las Vegas App

Glücksrausch in der Tasche mit der Casino Las Vegas App

Whispers of Fortune Unveiled in the Enchanted Clubhouse Casino

Whispers of Fortune Unveiled in the Enchanted Clubhouse Casino

Clubhouse Casino Australia Unleashes a New Era of Gaming Elegance

Clubhouse Casino Australia Unleashes a New Era of Gaming Elegance

अन्य न्यूजहरु

news