सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली

काठमाडौँ/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुस्तावासीलाई एक वर्षको बिजुली निःशुल्क उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ ।

सुस्ता बचाउ अभियानले आज बुझाएको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्री खड्काले सुस्तावासीसँग गरिएको प्रतिबद्धता पूरा गर्न मन्त्रालयले लागिपरेको बताउनुभयो ।

“सुस्तावासीलाई एक वर्षका लागि निःशुल्क विद्युत् उपलब्ध गराउनेबारे विद्युत् प्राधिकरणको बोर्डमा छलफल भइसकेको छ, अब चाँडो कार्यान्वयनको चरणमा जान्छ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो ।

सुस्ता बचाउ अभियानले सुस्ता क्षेत्रमा लामो समयदेखि बस्दै आएका एक सय ४० घरपरिवारलाई नेपाली नागरिकता प्रमाणपत्र उपलब्ध गराउनुपर्ने, जग्गा धनी प्रमाणपत्रको व्यवस्था गर्नुपर्ने, नागरिकताबाट वञ्चित भएका घरपरिवारलाई स्थानीय तहको सिफारिसका आधारमा विद्युत् मिटर जडान गर्न दिनुपर्नेलगायत माग मन्त्रीसमक्ष राखेका थिए ।

यसैगरी, सुस्ता क्षेत्रमा नारायणी नदीले प्रत्येक वर्ष डुबान र कटान गरी क्षति पुर्‍याएको भन्दै यसको तटबन्धका लागि आवश्यक वजेट निकासा गर्नसमेत सुस्तावासीले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

अन्य न्यूजहरु

news