काभ्रेपलाञ्चोक/ अरनिको राजमार्गमा साँगाबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख ३२४६ नम्बर टिपरको ठक्करले बनेपा–१० पुलबजारमा एक पैदल यात्रुको मृत्यु भएको छ ।
प्रहरीका अनुसार नामथर ठेगाना नखुलेको अन्दाजी वर्ष २५/२६ को पुरुषलाई टाउकोमा गम्भीर चोट लागी तत्कालै शीर मेमोरियल अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
माघ २३ गते बिहान २ बजेको घटनाका घाइतेलाई पौनै ३ बजे मृत घोषणा गरिएको हो । शव साेही अस्पतालमा रहेकाे जनाइएकाे छ ।
बनेपा प्रहरीले ठक्कर दिने टिपर र टिपर चालक बनेपा–१० जनागालका २६ वर्षिय रवि श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित