प्रेस चौतारी नेपाल काभ्रे शाखाको अध्यक्षमा केदार तिमल्सिना

काभ्रेपलाञ्चाेक / प्रेस चौतारी नेपाल काभ्रे शाखाको आठौं अधिवेशनबाट केदार तिमल्सिनाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ ।

मङ्गलबार बनेपामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सन्तोष चौलागाईं निर्विरोध भए । समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष समेत रहेका चौलागाई मंगलबार नै चौतारीमा फर्किएका थिए । चौतारीमा नै फर्किएका समाजवादीका केन्द्रीय सदस्य बुद्धकुमार श्रेष्ठ (रोहित) समावेशी सहसचिव निर्विरोध भएका छन् ।

महिला उपाध्यक्षमा सविता न्यौपाने, सचिवमा विकास तिमल्सिना, सहसचिवमा रञ्जित बोहरा, कोषाध्यक्षमा मणिराम दाहाल निर्विरोध भए । सदस्यहरुमा अमिता शाही ठकुरी, बालकृष्ण बजगाई, नवराज ढकाल, लोकवहादुर थापा, अमित न्यौपाने, सिर्जना सापकोटा, प्रदीप भण्डारी र जयराज बजगाईं निर्विरोध भएका छन् ।

बिदा हुँदै गरेका अध्यक्ष रायमाझीलाई ल्यापटप र सचिव बललाई युवा पत्रकारिता पुरस्कार

Lahachhap
Lahachhap

प्रेस चौतारी नेपाल काभ्रे शाखाले स्थापना गरेको कृयाशिल पत्रकारिता पुरस्कारबाट अध्यक्ष भुवन रायमाझी र टिपी शर्मा युवा पत्रकारिता पुरस्कारबाट सचिव जगतमान बल पुरस्कृत भएका हुन् ।

नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष मोतिराम तिमल्सिना, अध्यक्ष विनोदकुमार न्यौपाने र प्रेस चौतारी काभ्रेका पूर्व अध्यक्ष नवराज बजगाई रहेको समितिले पुरस्कार सिफारिस गरेको थियो ।

पूर्व सञ्चार तथा सूचना प्रविधीमन्त्री रहेका एमाले पोलिट्व्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले बिदा हुँदै गरेका अध्यक्ष रायमाझीलाई ल्यापटप र सम्मानका साथै सचिव बललाई नगदसहित पुरस्कृत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments