जिल्लास्तरिय खोप समन्वय समितिले आज धुलिखेल-७ स्थित सञ्जीवनी माविमा औपचारिक कार्यक्रमसहित एचपिभी खोप कार्यक्रम शुरुवातको घोषणा”
काभ्रेपलाञ्चोक / एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आज माघ २२ देखि फागुन ६ गतेसम्म एकैपटक सञ्चालन हुने खोप यस जिल्लामा भने दुई चरणमा लगाइने भएको छ ।
जिल्लास्तरिय खोप समन्वय समितिको निर्णयअनुसार सहज व्यवस्थापनका हिसाबले कार्यक्रम दुई चरणमा हुने र तोकिएको समयभित्रै खोप सम्पन्न हुने गरी योजना बनाइएको जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिइन् ।
धुलिखेल, बनेपा, पनौती, पाँचखाल, बेथानचोक, महाभारत र खानीखोलामा पहिलो चरणमा माघ २२-२९ गतेभित्रै र नमोबुद्ध, मण्डनदेउपुर, भुम्लु, तेमाल, रोशी र चौंरीदेउरालीमा फागुन १-६ गतेभित्रै एचपिभी खोप लगाइने योजना स्वीकृत भएको हो ।
“पहिलो चरणमा खोप लगाइने सबै केन्द्रमा खोप तथा खोप सामग्रीहरु पुर्याइसकिएको छ । विद्यालयस्तरीय खोप केन्द्र नजिकका स्वास्थ्य संस्थामा भण्डारण भएको खोप मंगलबार बिहान खोप केन्द्रमा लगिनेछ । खोपको ‘कोल्ड चेन ‘ कायमका लागि स्वास्थ्य संस्थामा राखिएको हो”, उनले थपिन् ।
जिल्लाका दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ७४ छात्रा र विद्यालय बाहिर रहेका चार सय ३९ किशोरी गरी १६ हजार एक सय १३ जनालाई खोप लगाउने तयारी पुरा भएको हो ।
जिल्लास्थित १३ स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत तीन हजार ३ सय ५० र कक्षा ७ देखि १० का १२ हजार तीन सय २४ गरी विद्यालय तहमा १५ हजार छ सय ७४ छात्रालाई खोप लगाइने छ ।
यस्तै, विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका ४ सय ३९ किशोरीलाई खोप लगाउने व्यवस्थापन भइसकेको श्रेष्ठले बताइन् । विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने उनको भनाई छ ।
सबैभन्दा बढी बनेपामा ४ हजार २९ जनालाई खोप लगाइँदैछ भने सबैभन्दा कम ४ सय ५० जनालाई चौंरीदेउरालीमा लगाइँदैछ ।
यस्तै, पनौतीमा २ हजार ४ सय ९५, पाँचखालमा १ हजार ४ सय ७६, धुलिखेलमा १ हजार ४ सय १६ र रोशीमा १ हजार १ सय ४८ जनालाई खोप लगाइँदैछ ।
मण्डनदेउपुरमा ९८०, नमोबुद्धमा ९७२, महाभारतमा ८७६, खानीखोलामा ६७६, बेथानचोकमा ६२८, भुम्लुमा ५२८, तेमालमा ४८७ जनालाई खोप लगाइँदैछ ।
जिल्लास्तरिय खोप समन्वय समितिले आज धुलिखेल-७ स्थित सञ्जीवनी माविमा औपचारिक कार्यक्रमसहित एचपिभी खोप कार्यक्रम शुरुवातको घोषणा गर्दैछ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित