वन पैदावारको उत्पादन र बिक्रीवितरणलाई सहज बनाइने

काठमाडौँ/ वन वातावरणसम्बन्धी विषयगत समितिले वन पैदावारको उत्पादन तथा बिक्रीवितरणलाई सरल र सहज बनाउने निर्णय गरेको छ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको अध्यक्षतामा सातै प्रदेशका वनसम्बन्धी मन्त्रीसहित आज यहाँ बसेको समितिको बैठकले सङ्घ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय, सहकार्य, सहअस्तित्व र परामर्शसम्बन्धी छलफल गरी सो कार्यलाई सहज बनाउने निर्णय गरेको हो ।

वन मन्त्रालयका प्रवक्ता शिवकुमार वाग्लेका अनुसार बैठकले वन क्षेत्रका विभिन्न १२ नीतिगत विषयमा छलफल गरेर प्रभावकारिता र सहजीकरणका लागि काम गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय वनको रणनीति स्वीकृत गरी लागू गर्ने, वन व्यवस्थापनलाई प्रभावकारी बनाई काठ दाउराको उत्पादन तथा बिक्रीवितरणलाई सहज बनाउनेलगायत निर्णय गरेको उहाँले बताउनुभयो ।

यसैगरी राष्ट्रिय वनको व्यवस्थापन, वन डढेलो नियन्त्रणसम्बन्धी पूर्वतयारी, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, विकास निर्माणमा सहजीकरण, निजी जग्गाको सालको काठ बिक्री वितरण सहज र सरल बनाउनेलगायत विषयमा समेत बैठकले निर्णय गरेको छ ।

संविधानले वनसम्बन्धी अधिकार एकल र साझा सूचीमार्फत तीनै तहमा सुनिश्चित गरेको छ । त्यसैले तीन तहको समन्वय, सहकार्य र सहजीकरणमा कार्यक्रम सञ्चालन गर्न संयुक्त बैठक आयोजना गरिएको वन मन्त्रालयले जनाएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ को उपदफा (१) मा सङ्घीय मन्त्रीको अध्यक्षतामा प्रदेशका सम्बन्धित मन्त्री र सङ्घीय मन्त्रीले तोकेको एक जना स्थानीय तहको प्रतिनिधि सदस्य रहने गरी विषयगत समितिको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments