दुई करोड ७१ लाखमा बन्यो प्रहरी चौकी शिखरपुरको भवन

शान्ति सुरक्षामा केन्द्रित हुँदै फरार अपराधी पक्राउ गर्न तत्परता दिनू ।”

काभ्रेपलाञ्चोक / जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ५, कानपुरमा प्रहरी चौकी शिखरपुर (कानपुर) को नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

साविक भीमखोरी गाविसको शिखरपुर (हाल रोशी-१२) मा २०५४ साल माघ ६ गते स्थापना भएको प्रहरी चौकी तत्कालिन सशस्त्र युद्धको कारण विस्थापित भएर साविकको कानपुर गाविसमा स्थानान्तरण भएको थियो । कोट तिमाल चोकमा व्यक्तिको कच्ची घर भाडामा लिएर हालसम्म चौकी सञ्चालन हुँदै आएको थियो ।

नेपाल प्रहरीको नियमित बजेटबाट २ करोड ७१ लाख ०९ हजार ५ सय ३१ रुपैयाँको लागतमा नयाँ भवन बनेको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा भौतिक पूर्वाधार शाखा प्रमुख प्रहरी नायब उपरिक्षक ई. शम्भुप्रसाद कोइरीका अनुसार २०७९ साल पुष ६ गते सम्झौता भएको प्रहरी चौकीको निर्माण २०८१ असोज ५ गते सम्पन्न भएको हो ।

४ सय ६० वर्गमीटर क्षेत्रफलमा बनेको चौकीमा डाइनिङ कक्षसहितको भान्छाघर, कार्यालय, पुरुष र महिला प्रहरीको लागि अलग अलग ब्यारेक, सञ्चार कक्ष, स्नान कक्षसहितको शौचालय, पुरुष र महिलाको लागि अलग अलग हिरासत कक्ष, गार्ड रुमसहितका संरचना निर्माण गरिएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरिक्षक कृष्ण हरि शर्माले कार्यालय, कार्यालय प्रमुख निवास, महिला/पुरुष छुट्टाछुट्टै ब्यारेक, महिला/पुरुष छुट्टाछुट्टै हिरासत, शौचालयसहितका संरचना साेमबार एक समारोहविच उद्घाटन गरेका हुन् ।

Lahachhap

प्रहरी चौकी उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक शर्माले प्रहरीलाई आवश्यक न्यूनतम भौतिक पूर्वाधार पुरा हुँदा प्रहरीको मनोबल बढ्नुका साथै सेवा प्रवाहमा गुणस्तिरयता आउने विचार व्यक्त गरे ।

सम्बोधनकै क्रममा प्रनामनि शर्माले कार्यक्रममा उपस्थित प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक, जुनियर प्रहरी अधिकृतहरुदेखि प्रहरी जवानसम्मलाई निर्देशन दिँदै भने, “शान्ति सुरक्षामा केन्द्रित हुँदै फरार अपराधी पक्राउ गर्न तत्परता दिनू ।”

सो अवसरमा प्रहरी चौकी निर्माणका लागि जग्गा उपलव्ध गराउने स्थानीय कुलमान तामाङ, मानबहादुर तामाङ, नमोबुद्ध नगरपालिका-५ नं वडा कार्यालय, तेमाल गाउँपालिका, सामुदायिक वन समूह र स्थानीय समाजसेवीहरुलाई सम्मान गरिएको थियो । यस्तै प्रहरी कर्मचारीहरुतर्फ प्रहरी सहायक निरिक्षक सनकबहादुर मोक्तान, प्रहरी वरिष्ठ हवल्दार सन्तोष नेपाली, प्रहरी सहायक हवल्दार किसान गुरुङ, मिनप्रसाद भट्टराई, मोहमद जुगाड ठकुराई, कृष्ण अर्याललाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

Lahachhap

कार्यक्रममा नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रण प्रहरीको मुख्य काम भए पनि बिना बर्दीका प्रहरी मानिने नागरिकको पनि भूमिका हुने भन्दै सबैले सहयोग गर्नुपर्ने बताए । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले निर्मित संरचनाले नागरिकलाई सर्वसुलभ र प्रभावकारी सेवा प्रवाहमा सहयोग हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, नमोबुद्ध नगरपालिकाका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टिकाबहादुर के.सी., जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक मिनबहादुर घले लगायतले प्रहरी र नागरिकवीच सम्बन्ध सुदृढ भए अपराध नियन्त्रणसंगै शान्ति सुरक्षा कायम गर्न सहज हुने धारणा राखे ।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments