काभ्रेपलाञ्चाेक/ वर्ल्ड युथ फेस्टिभल २०२५ नेपाल सुरु भएको छ । आगामी मार्च महिनामा धुलिखेलमा आयोजना हुने फेस्टिभलकै प्रि-इभेन्टका रुपमा ‘डिसिसी कप’ अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न गरिएको हो ।
वर्ल्ड युथ फेस्टिभलको आयोजक जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले आयोजना गरेको प्रतियोगितामा प्रथम भएको बेलर इन्टरनेशन एकेडेमीले १ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता भालेश्वरले ५० हजार रूपैँया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको खेलहरू बेलर एकेडेमीको फुटसल मैदान र एबिएम स्कुलको फुटसल मैदानमा भएका थिए ।
हाइ स्कोर ग्रेसल्याण्ड स्कुलका रिजन खत्री , बेष्ट गोलकिपर भालेश्वरका साजन हुमागाई, बेष्ट प्लेयर बेलरकै गौतम श्रेष्ठ भए । उनीहरूले नगद १०/१० हजार रूपैँया पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
फेस्टिभलकै प्रि-इभेन्टका रुपमा ‘डिसिसी कप’ अन्तर विद्यालय फुटसल प्रतियोगितालाई जिसस प्रमुख दिपक कुमार गौतमले उद्घाटन गरेका थिए । प्रतियोगितामा जिल्लाका सामुदायिक र संस्थागत गरी ३२ वटा टिम सहभागी रहेका जिससका सूचना अधिकारी भरत सापकोटाले जानकारी दिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित