ल्होसारको अवसरमा मनकारी युवाहरुले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरे

उपचारका लागि भरथेग हुने भनेर सहयोग जुटाइएको

काठमाडौं/आज तामाङ समुदायको महान चाड सोनाम ल्होसार तथा मञ्जुश्री संवत् २८६१ को अवसर । यसै अवसरमा आज मुलुकभर तामाङ समुदायले धुमधामसँग चाड मनाएका छन् ।

यसै अवसरमा युवा व्यवसायी एवं नेपाली काँग्रेस काभ्रे सम्वद्ध युवाहरुले नसर्ने रोग क्यान्सरबाट पीडित परिवारकै घरमा पुगेर शुभकामना आदानप्रदान गर्नुका साथै बिरामीलाई आर्थिक सहयोग पनि गरेका छन् ।

तेमाल गाउँपालिका वार्ड न ६ काल्धार, माथिल्लो छाप स्थायी घर भइ हाल काठमाडौं, स्वयम्भूमा रहेर क्यान्सर उपचाररत बिरामी बेली तामाङ (५२) लाई घरमै पुगेर आर्थिक सहयोग गरिएको हो । बिरामीका पति विशाल तामाङलाई सामुहिक रुपमा संकलित रकम ३ लाख १३ हजार ६ सय ६५ रुपैंया हस्तान्तरण गरिएको हो । यस रकमका लागि स्वदेश तथा विदेशमा रहेका मनकारी युवाहरुले समन्वय र सहयोग गरेका हुन् ।

प्रदेश सभा सदस्य तीर्थ लामाको समन्वय तथा युवा व्यवसायी एवं नेपाली काँग्रेसका नेता रमेश तामाङको पहल तथा संकलित रकम प्रदेश सांसद लामाकै उपस्थितिमा बिरामीका परिवारलाई हस्तान्तरण गरिएको हो । यस कार्यमा सामाजिक अभियन्ता, युवा व्यवसायी एवं काँग्रेस काभ्रेका जिल्ला सदस्य मुक्ते लामा, सञ्चारकर्मी तथा समाजसेवी पवित्रा लामालगायत देशविदेशका मनकारी युवाहरुको सहयोग रहेको छ । 

तेमालकै अर्को बिरामीलाई पनि आर्थिक सहयोग

Lahachhap

आज नै तेमाल गाउँपालिका वडा नं ३  घर भई वीर अस्पतालमा उपचाररत बिरामी नीलम पन्तलाई आर्थिक सहयोग प्रदान गरिएको छ । तेमाल गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विष्णुबहादुर लामाको समन्वयमा संकलित रकम ४३ हजार ८ सय रुपैंया पन्तको परिवारलाई हस्तान्तरण गरिएको हो ।

गोडाको गम्भीर रोगबाट पीडित भई गोडा सुकेर आधा नै काट्नु पर्ने अवस्थाको सो बिरामीलाई उपचारमा केही भरथेग पुगोस भनेर रकम सहयोग गरिएको वडाध्यक्ष लामाले बताए ।

बिरामीको अवस्थाबारेमा खबर पाएर तत्काल प्रदेश सभा सदस्य तीर्थ लामा, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मुक्तान, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, युवा व्यवसायी एवं नेपाली काँग्रेसका नेता रमेश तामाङ, सामाजिक अभियन्ता, काँग्रेस काभ्रेका जिल्ला सदस्य मुक्ते लामा, लाहाछाप मिडियाका सम्पादक इश्वरी ओझा र अध्यक्ष एवं प्रबन्ध निर्देशक बद्रीराज तिमल्सिना, ब्यवसायीहरू रमेश तामाङ, रणबहादुर तामाङ, राज दोङ, विकेश लामालयातले सहयोग रकम जुटाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments