नेपाली कांग्रेसले ‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ आयोजना गर्दै

काठमाडौँ/ साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ गर्ने भएको छ। 

पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीका लागि सम्मेलन परिचयात्मक कार्यक्रम हुने जानकारी दिँदै युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्न सम्मेलन फलदायी हुने विश्वाास व्यक्त गर्नुभयो। 

नवप्रवर्तन र उद्यमशीलतामार्फत् आर्थिक रुपान्तरण, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण गर्न तथा महिला र युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। 

सानेपास्थित पार्टी कार्यालयमा हुने सम्मेलनमा ८० भन्दा बढी स्टल रहने र छ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments