‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता आगामी शनिबार

काठमाडौँ/ नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा हुने राइट टु प्रोटिन दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

यही माघ १२ गते हुने उक्त दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, १० किलोमिटर पुरुष, पाँच किमि महिला, कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमि (छात्र) र तीन किमी (छात्रा), फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचियर दौड (महिला तथा पुरुष) र बालबालिकाका लागि ‘रन फर फन’ विधा समावेश गरिएको आयोजक समितिका संयोजक डा शीतलकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै विधामा करिब आठ हजार खेलाडीले दर्ता गरेका छन् । प्रतियोगितामा हाफ म्याराथनमा पहिलो स्थान हासिल गर्ने महिला तथा पुरुष खेलाडीले जनही रु एक लाख ५० हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी दोस्रो स्थान हासिल गर्ने खेलाडीले रु एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार तथा पाँचौँ हुने खेलाडीले रु ३० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । १० किमी दौडमा पहिलो हुने खेलाडीले रु ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौँ हुने खेलाडीले रु १० हजार पाउनेछ ।

प्रतियोगिताअन्तर्गत पाँच किमी दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः रु ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार पाउनेछन् । तीन किमि दौडमा पहिलो हुने खेलाडीले रु २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले पाँच हजार र पाँचाँै स्थान हासिल गर्ने खेलाडीले रु दुई हजार पाँच सय पाउनेछन् ।

ह्विलचियरतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले ३० हजार पाउनेछ भने दोस्रो हुने खेलाडीले रु २० हजार पाउनेछ । त्यसैगरी तेस्रो हुने खेलाडीले रु १५ हजार, चौथोले १० हजार र पाँचौँ हुने खेलाडीले पाँच हजार पाउनेछ ।

उक्त प्रतियोगिताको गत वर्षको हाफ म्याराथनअन्तर्गत महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारीले स्वर्ण पदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments