यो फेस्टिभल सकिँदै गर्दा हामी दुइवटा कुरा ‘अनाउन्सेमन्ट’ गर्छौं । एउटा सीप बैंकको स्थापना र अर्को रोजगार बैंक ।
काठमाडौं/ जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले समितिको नेतृत्त्व गरेदेखि हरेक वर्ष केही न केही कार्यक्रम गर्दै जिल्ला र देशलाई नै चिनाउने खालका ‘थीम’ मा आधारित कार्यक्रमहरु गर्दै आएका छन् ।
पहिलो वर्ष सदरमुकाम धुलिखेलमा हजारौं महिला सहभागितामा महिला सशक्तिकरण कार्यक्रम, दोस्रो वर्ष पनौती र यसभेगको खेलक्षेत्रलाई प्रवर्द्धनका लागि निर्माणाधीन पनौती रङ्गशालामा जिल्लास्तरिय खेलकुद महोत्सव र गत वर्ष वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव आयोजना गरेर चर्चामा रहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथि बनाएर सम्पन्न भएको वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सवले जिल्लाको कृषिक्षेत्रलाई मुलुकभर चिनाउन सफल भएको थियो । त्यतिखेर कृषिबाट उद्यमी बनेका युवा र कृषिलगायतका अन्य उद्यमको खोजीमा रहेका युवाहरुको व्यापक सहभागिताबाट हौस्सिएका समन्वय प्रमुख गौतमले यस पटक काभ्रेपलाञ्चोकमै ‘वर्ल्ड युथ फेस्टिभल २०२५ नेपाल’ आयोजनाका लागि तयारीमा व्यस्त रहेका छन् ।
साउथ अफ्रिका लगायत ८ वटा देशमा सप्पन्न युथ फेस्टिभलमा सहभागी गौतम सन् २०२४ मा रसियाको सोचीमा आयोजित ‘द वर्ल्ड युथ फेस्टिभल २०२४ र केही महिना पहिले भेनेजुएलामा आयोजित अर्को वर्ल्ड युथ फेस्टिभलमा सहभागी भएका थिए । उनलाई त्यहाँ भेट भएका विदेशी र नेपाली युवाहरुले नेपालमा पनि फेस्टिभल आयोजना गर्न सुझाव दिएका थिए । ती सबै फेस्टिभलको सिकाइको आधारमा नेपालमा आयोजना गर्न लागिएको फेस्टिभल नेपाली मौलिकतायुक्त र युवाहरु के चान्छन् भन्ने थीममै आधारित रहनेछ ।
‘वर्ल्ड युथ फेस्टिभल २०२५ नेपाल’ सचिवालय
विश्वका धेरै मुलुकका युवाहरुले ‘वर्ल्ड युथ फेस्टिभल २०२५ नेपाल’ बारेमा चासो राख्न थालिसकेका छन् । काठमाडौं तिलगङ्गानजिकै पशुपति भिजन कम्प्लेक्समा सचिवालय स्थापना गरिएको छ । ५० जना सदस्य रहेको फेस्टिभल आयोजक समिति निर्माण भएको छ ।
फेस्टिभल सेक्रेटरीका रुपमा युवा डाक्टर सन्तोष उपाध्यायले देश विदेशका युवाहरुसँग सम्पर्क समन्वय थालेका छन् । आफैं पनि मिस्टर नेपाल २०१९ रहिसकेका डा. उपाध्यायले यस्ता धेरै फेस्टिभलहरुको संयोजनको अनुभव बटुलेका छन् ।
हालसम्म दर्जन बढी देशबाट युवाहरुले रजिष्ट्रेशन गरिसकेका छन् । फेस्टिभलका लागि २५ वटा ‘थीम’ मा टक शो, कीनोट स्पीच तथा कार्यशालाहरु गरि ५० विभिन्न कार्यक्रम आयोजना हुँदैछन् ।
युवा सम्मेलन बारे मंगलबार धुलीखेलमा पत्रकार सम्मेलन गरि जानकारी दिंदै जिल्ला समन्वय प्रमुख समेत रहनु भएका संयोजक दिपक कुमार गौतम
सबै इभेन्टहरुमा युवाहरुले नै लीड लिने गरि तालिका बनाइएको छ । फेस्टिभलको अलग्गै वेबसाइट र सोसल मिडिपा प्लाटफर्महरु तयार भइसकेका छन् । सबैजसो इभेन्टहरु काठमाडौं विश्विवद्यालय धुलिखेलमा हुनेछन् ।
फेस्टिभलको पूर्व सन्ध्यामा स्पोट्र्स मीटअन्तर्गत फुटसल, फुटबल र भलिबल प्रतियोगिता आयोजना हुनेछन् । डिजिटल कविता प्रतियोगिता हुनेछ ।
२०२५ मार्च २७ देखि ३१ सम्म ४ दिनसम्म चल्ने फेस्टिभल आवाशीय हुनेछ । ७५ देशका १ हजार युवा र बाँकी नेपालका युवा सहभागी हुँदैछन् । देश विदेशका युवा र अन्य पाहुनाहरु गरी १० हजार जनाको सहभागिता रहने फेस्टिभलका लागि २० करोड रुपैंया खर्च हुने प्रारम्भिक अनुमान रहेको छ ।
चार दिने फेस्टिभलकै अवधिमा रनवेमा १५ देशका मोडलहरुले परम्परागत पोशाकमा क्याटवाक र ३० देशका कलाकार (गायक र मोडेल–हलिउड/बलिउड)को बेजोड प्रस्तुति रहनेछ । साथै कन्सर्ट र ‘कम्युनिटी टुर’ हरुको आयोजना हुनेछन्
फेस्टिभलको मुख्य आयश्रोतका रुपमा सहभागी रजिष्ट्रेशन शुल्क रहेको छ । आयोजकले प्रति सहभागी ७ हजार ५ सय रुपैंया तोकेको छ । फेस्टिभलमै रजिष्ट्रेशन गर्नेहरुलाई १० हजार रुपैंया शुल्क लिने व्यवस्था रहेको छ । फेस्टिभलका लागि विभिन्न उप–समितिहरु धमाधम गठन भइरहेका छन् ।
“गत मंसिर महिना ८४ हजार युवाले देश छोडेको अवस्था छ । यो दुःखद कुरा हो । त्यसैले पनि निराश युवाहरुलाई आशाको सञ्चार गर्ने प्लेटफर्मका रुपमा ‘वर्ल्ड युथ फेस्टिभल २०२५ नेपाल’ आयोजना गर्न लागेका हौं । यसबाट नेपालमै सम्भव छ है, हामी केही गर्न सक्छौं भन्ने सन्देश दिन खोजेका छौं ।
फेस्टिभलमार्फत हाम्रो देशलाई पनि ‘प्रमोट’ गर्ने हो । देशलाई चिनाउन खोजिरहेका छौं । हामी अरु देशबाट सिक्न खोजिरहेका छौं । त्यहाँका ‘युथ’हरु कसरी ‘सर्भाइभ’ भइरहेका छन्? हाम्रो देशका ‘युथ’ हरु कसरी ‘सर्भाइभ’ भइरहेका छन्? उताका युवा र यताका युवाहरुवीच त्यही तरिका सिक्ने र सिकाउने ‘प्लटेफर्म’ का रुपमा पनि यो फेस्टिभललाई लिन खोजिरहेका छौं ।
फेस्टिभलमार्फत नै आजको प्रविधिसँग युवाहरुलाई जोड्न खोजिरहेका छौं । आजको युग, आजको प्रविधिसँग ‘युथ’ हरुलाई नजोडिकन अब समृद्धिको कल्पना गर्न सकिन्न ।
अन्तराष्ट्रिय सम्बन्ध पनि यो ‘प्लेटफर्म’ ले बन्छ । साथै सिक्ने सिकाउने थलोको रुपमा फेस्टिभललाई लिन सिकन्छ । यसमा एकेडेमिक कुरा, इन्टरटेनमेन्ट र स्पोर्ट्स् कुरालाई पनि फेस्टिभलमा सँगसँगै लैजाने भएकाले यसलाई रोमाञ्चक प्लेटफर्म पनि मान्न सक्छौं ।
फेस्टिभलमार्फत नै पर्यटनका हिसाबले हाम्रो देशलाई चिनाउने कुराहरुको ‘ब्राण्डिङ’ गर्ने र प्रचार गर्ने पनि हो । नेपाल सम्भावनै सम्भावना भएको देश हो भन्ने पनि देखाउन खोजेका हौं । जो नेपालबाट गएका छन्, कहिल्यै पनि नेपाल नफर्केकाहरुलाई उनीहरुको ज्ञान र सीप नेपालमै ल्याएर नेपालमै काम गराउने हो । काम गर्न सक्ने वातावरण हामीले सिर्जना गर्न खोज्दैछौं । हामी मात्र गइरहेका होइनौं हामीले नेपाल पनि ल्याइरहेका छौं भन्ने दृष्टान्त पनि देखाउन चाहेका हौं ।
यो फेस्टिभल सकिँदै गर्दा हामी दुइवटा कुरा ‘अनाउन्सेमन्ट’ गर्छौं । एउटा सीप बैंकको स्थापना र अर्को रोजगार बैंक । नेपालमा किन युवाहरु बेरोजगार भए भन्दा पढेको सर्टिफिकेट नै सीप दिने खालको सर्टिफिकेट हुन सकेन । युवाहरुले सर्टिफिकेट प्राप्त गरे तर हातमा सीप भएन । यसबार्ट बेरोजगार भएका युवालाई सीप दिनु पर्यो ।
अर्को कुरा सीप भएर पनि बरोजगार छन् भने रोजगार बैंक स्थापना गर्छौं र सीप भएका युवाहरुलाई रोजगारी दिने पनि ‘अनाउन्समेन्ट’ गर्छौं । अहिले हाम्रा युवाहरु बाहिरिएको पनि मुलुकमै रोजगारी नभएरै हो ।
फेस्टिभल सम्पन्न गर्नका लागि प्रशस्तै बजेटको आवश्यकता देखिएको छ । हाम्रो जिससको आफ्नो बजेट, केही स्थानीय तहहरुले बजेट नै स्वीकृत गर्नु भएको छ । बागमती प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय र प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पनि बजेट छुटट्याएको छ ।
मुख्यतः सहभागी युवाहरुको रजिष्ट्रशेन शुल्क नै हो । जो आउनुहुन्छ उहाँहरुले नै रजिष्ट्रेशन शुल्क तिर्नुहुन्छ । त्यो शुल्कभित्रै सबै ‘लजिष्टिक’ पुग्ने गरी हामीले व्यवस्थापन मिलाएका छौं । अर्को केही सहयोगी संघसंस्थाहरुलाई पनि आग्रह अनुरोध गरेका छौं । संघीय सरकार र युवा मन्त्रालयलाई पनि अनुरोध गरेका छौं । त्यो बाहेकका अर्थोपार्जन हुने विभिन्न इभेन्टहरु पनि गर्दैछौं ।
‘वर्ल्ड युथ फेस्टिभल २०२५ नेपाल’ लाई देशको प्रोगाम बनाउन चाहन्छौं । पहिलो कुरा देशलाई चिनाउन चाहन्छौं । दोस्रो काभ्रे जिल्लालाई पनि चिनाउन चाहन्छौं । यसको सुरुवात काभ्रेको पर्यटनमार्फत हुनेछ र यहाँको पर्यटनलाई अझ चिनाउन पर्छ भनेर लागेका छौं । यो इभेन्टका निमित्त उपयुक्त स्थान पनि काभ्रे हो । किनकी काठमाडौंको कोलाहलबाट अलि पर शान्त रमणीय ठाउँमा यो फेस्टिभल हुँदैछ । देशी विदेशी पाहुनाहरुका लायि यो जिल्ला ‘साइट सीन’ गराउन पनि उपयुक्त स्थान हो ।”-जिसस काभ्रेका प्रमुख एवं ‘वर्ल्ड युथ फेस्टिभल २०२५ नेपाल’संयोजक दीपककुमार गौतम
थप जानकारीका लागिः https://wyf2025nepal.com/brochure.pdf
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित