महाकुम्भमा मेलामा आठ करोड भन्दा बढी भक्तजनको सहभागीता

प्रयागराज (उत्तर प्रदेश)/महाकुम्भ मेलाको आठौं दिन सोमबार दिउँसो २ बजेसम्म ४४ लाख भन्दा बढी भक्तहरूले पवित्र स्नान गरेका छन् । जनवरी २० सम्म, सङ्गम त्रिवेणीमा आठ करोडभन्दा बढी तीर्थयात्रीले स्नान गरेको उत्तर प्रदेश सरकारले जनाएको छ ।

यसअघि सोमबार बिहान ८ बजेसम्म २२ लाखभन्दा बढी तीर्थयात्रीले मेला दर्शन गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

यसैबीच, महानिर्देशक (डीजी) अविनाश चन्द्रले आइतबार भएको महाकुम्भ आगलागीको घटनामा भइरहेको अनुसन्धानलाई सम्बोधन गर्नुभयो ।

उहाँले थप अनुसन्धान गर्ने अख्तियार प्रहरीलाई रहेको र विस्तृत अनुसन्धानपछि यकिन कारण खुल्ने बताउनुभयो ।

“यो घटनाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई छ । स्थानीय प्रहरी अधिकारीहरू यसमा छन् । धेरै हल्ला छन् तर छानबिनपछि सही कारण खुल्नेछ ।”

“अग्नि सुरक्षा व्यवस्थाका सम्बन्धमा चन्द्रले कुम्भमा भइरहेको व्यापक तयारीबारे प्रकाश पार्नुभयो । सम्पूर्ण कुम्भ क्षेत्रमा फायर सेफ्टीलाई इमान्दारीका साथ लिइएको छ । एक हजार ३०० भन्दा बढी दमकल तैनाथ गरिएको छ । यसलाई अझै मजबुत बनाउनेछौं ।”

मुख्यमन्त्री योगी आदित्यनाथले आगलागी भएको घटनास्थलको भ्रमण गरी घटनास्थलमा रहेका अधिकारी र अग्निनियन्त्रक टोलीसँग कुराकानी गर्नुभयो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गर्दै घटनाको जानकारी लिनुभएको थियो ।

१३ जनवरीबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ सम्म चल्नेछ । (रासस/एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

अन्य न्यूजहरु

news