काठमाडौँ /पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली उपविजेता बनेको छ । नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको हो ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७८-४० अंकले पराजित भएको हो । यसअघि शनिबार भएको सेमिफाइनल खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९-१८ अंकले पराजित गरेको थियो । क्वाटरफाइनल खेलमा भने नेपालले इरानलाई १०३–८ अङकको हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४ अंकले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ अंकले, तेस्रो खेलमा श्रीलंकलाई ११०-१० अंकले तथा चौथो खेलमा बाङ्लादेशलाई ८४-२४ अंकले पराजित गरेको थियो ।
अहिले नेपालको पुरुष टोलीले उपाधिका लागि आयोजक भारतसँग प्रतिस्पर्धा गर्दै छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित