काठमाडौ / कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छ्लफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने वताउनु भएको छ ।
किसान आयोगको ८ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज किर्तिपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्बाहमुखी कृषिलाई व्यवसायिक बनाउने गरि कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराउनुभयो ।
“अहिले पनि धेरै परिवार कृषिमा लागेका छन तर ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ त्यसैले अब कृषिलाई व्यवसायिक वनाउन आवश्यक छ” , मन्त्री अधिकारीले भन्नुभयो ।
बिहान र बेलुका आयातित भन्दा आफ्नै उत्पादन प्रयोग गर्ने संकल्प सबैले गर्न जरुरी छ , उहाँले भन्नुभयो । यसका लागि तिनै तहका सरकारको सामुहिक प्रयास जरुरी छ ,मन्त्री अधिकारीले भन्नुभयो ।
“कृषि उपजको उत्पादन बढाउने प्रयास सबै तिरबाट भैरहेको छ तर हामीले खाने आन्न तरकारीले रोग निम्त्याईरहेने अवस्था आउनु हुँदैन । अब विषादी न्युनीकरण गर्ने तर्फ पनि सबैको प्रयास जरुरी छ”, मन्त्री अधिकारीले भन्नुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित