काठमाडौं/ नेपाल पशु चिकित्सा परिषदको निर्वाचन सम्पन्न भई परिणाम सार्वजनिक भएको छ। परिषदको उपाध्यक्ष पदमा डा. मनोज कुमार शाही र डा. जगदीश पाण्डेय विजयी भएका छन्। डा. मनोज कुमार शाहीले ५५८ मत प्राप्त गरेका छन् भने डा. जगदीश पाण्डेयले ५३७ मत ल्याउँदै उपाध्यक्ष पदमा निर्वाचित भएका हुन्।
सदस्य पदका लागि ५ उम्मेदवार निर्वाचित भएका छन् । डा. इन्दिरा शर्माले ५१६ मत, डा. क्षितिज पौडेलले ५१३ मत, डा. शुशील कुमार पौडेलले ४७३ मत, डा. दीपक तिवारीले ४०१ र डा. शंसी डंगोल ३९९ मत प्राप्त गर्दै विजयी भए।
नेपाल पशु चिकित्सा परिषद २०५५ सालमा स्थापना भएको सरकारी निकाय हो, जसले भेटेरिनरी चिकित्सकहरूको दर्ता, नियमन, र व्यावसायिक मान्यता प्रदान गर्दै आएको छ।
चुनावको क्रममा केही उम्मेदवारले परिषदमा व्यावसायिकता र नेतृत्व सुधारको माग उठाएका थिए। उनीहरूले परिषदलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने र व्यावसायिक दृष्टिकोणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।
अन्तिम मतदाता नामावलीमा २०१७ जना मतदाता भए पनि निर्वाचनमा कुल ९८८ मतदाता सहभागी भएका थिए।
उपाध्यक्षका अन्य उम्मेदवारहरूमा डा. रेवन्त भट्टराईले १७१ मत प्राप्त गरे भने डा. सितलकाजी श्रेष्ठले ४७५ मत पाए।
सदस्य पदका अन्य उम्मेदवारहरूले पनि विभिन्न मत पाएका छन्। डा. देवजीत प्रसाद ठाकुरले ११७ मत, डा. प्रकाश कुमार यादवले १२० मत, डा. प्रवेश शर्माले ३६० मत, डा. बाल कुमार श्रेष्ठले ३४३ मत, डा. महेश ठाकुरले ३४७ मत, डा. महेश प्रसाद श्रीवास्तवले ३४ मत, डा. राम नन्दन तिवारीले २९४ मत, डा. शुवास पौडेलले १९६ मत र डा. नारायण न्यौपानेले ३७३ मत प्राप्त गरे।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित