रविलाई फेरी प्रहरीको जिम्मा लगाइयो

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।

आज थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाउन लागिएको अदालत स्रोतले बतायो । समाचार श्रोतका अनुसार अदालतबाट प्रहरीलाई पत्र लेख्ने लगायतका प्रक्रिया भइरहेको बताइएको छ ।

रविलाई परिवार वा सरकारी वकिलको जिम्मामा छाड्न न्यायाधीश अधिकारीसँग आग्रह गरिएको थियो । तर उनले यस्तो प्रचलन नभएको भन्दै प्रहरीकै जिम्मा लगाउनु पर्ने आदेश भएको उनका वकिलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments