स्काईवाक टावरको प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डेय

पाण्डेयले विदेश मामिला, शिक्षा तथा बैंकिङ क्षेत्रलगायत संस्थाहरूका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव बटुलेका छन् ।

काठमाडौँ / वोन्डर्स नेपालको प्रबन्ध निर्देशकमा सफल युवा उद्यमी विष्णुहरि पाण्डेय चयन भएका छन् । कम्पनीको शुक्रबार सम्पन्न सातौँ वार्षिक साधारणसभाले पाण्डेयलाई प्रबन्ध निर्देशकमा चयन गरेको हो ।

वोन्डर्स नेपालले कमलादीस्थित स्काईवाक टावर सञ्चालन गर्दै आएको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रबेन्द्र पोखरेलको अध्यक्षतामा स्काईवाक नेपाल कमलादी परिसरमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा आर्थिक वर्ष २०८०।८१ को वित्तीय विवरण पारित गरिएको छ । साथै, अतिरिक्त कम्पनीको व्यवसायिक योजना, कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरी आइपिओ जारी गर्ने प्रक्रियामा जाने प्रस्ताव सर्बसम्मतिले पारित गरिएको छ । यस्तै अध्यक्षमा तेजबहादुर सिंहलाई मनोनयन गरिएको छ ।

नवनियुक्त प्रबन्ध सञ्चालक पाण्डेयले वोन्डर्स नेपालमा प्रबन्ध सञ्चालकको जिम्मेवारी बहन गरेपछि स्काईवाक टावरमा ३६० डिग्री भ्यू देखिनेगरी रेस्टुरेन्ट र क्लब निर्माण भइसकेको र अब शीघ्र सञ्चालनमा आउने सिटी बन्जी जम्प, डोम प्रोजेक्टलगायत थप साहसिक गतिविधि विस्तार गरी सेवाको दायरा फराकिलो बनाउँदै लैजाने बताए ।

साथै स्काईवाक टावरलाई काठमाडौंको मुख्य पर्यटकीयस्थलको रूपमा विकास गर्न पर्यटनसँग सराेकार राख्ने संघसंस्थासँग मिलेर काम गर्ने उनले बताए ।

पाण्डेयले विदेश मामिला, शिक्षा तथा बैंकिङ क्षेत्रलगायत संस्थाहरूका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव बटुलेका छन् ।

एभरेष्ट, कोलम्बस, प्रिमियर लगायतका कलेजको अध्यक्ष रहेका पाण्डेय इक्यानका पूर्व अध्यक्ष समेत हुन् । शैक्षिक परामर्शको क्षेत्रमा अतुलनीय योगदान गरेका उनको नयाँ बानेश्वरमा रोयल एडुकेशन कन्सल्टेन्सी संचालनमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments