काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का, धेरैबेर हल्लायो

 काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । लामो अवधिसम्म भूकम्पको कम्पन गएको हो । ८ मिनेटपछि पनि सानो कम्पन भएको छ ।

बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । यसअघि पुस १८ गते दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।

भूकम्पको धक्का काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउँन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments