शिख धर्मावलम्बीहरु आज गुरु गोविन्द सिंहको दशौँ जन्मजयन्ती मनाउँदै

काठमाडौँ/ गुरु गोविन्द सिंहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी शिख धर्मावलम्बीले मनाउँदैछन् ।

गुरु गोविन्द सिंह शिख धर्मावलम्बीहरूका दशौँ गुरुका रूपमा परिचित हुनुहुन्छ ।

प्रत्येक वर्ष जनवरी ५ तारिखका दिन गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाइन्छ ।

भारतको पटनामा सन् १६६६ मा जन्मेका गोविन्द सिंह सन् १६७५ नोभेम्बर ११ तारिखका दिन आफ्ना बुबा तेघबहादुरको निधनपछि शिखहरूको दशौँ गुरु बन्नुभएको हो ।

गुरु गोविन्दले आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिनुभएको थियो । उहाँ निकै शान्त स्वभावको व्यक्तित्व हुनुहुन्थ्यो ।

आफ्नो अहित सोच्ने दुश्मनहरूसँग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताका साथ सामना गर्नुहुन्थ्यो ।

गुरु गोविन्द सिंहको मान्यता थियो कि “मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई तर्साउनु हुन्छ ।” नेपालमा रहेका शिखहरूले पनि यस दिन उत्सवका साथ गुरु गोविन्द सिंह जयन्ती मनाउने गर्छन् ।

गुरु गोविन्द सिंह जयन्तीमा काठमाडौँको पशुपति, ज्ञानेश्वर, बालाजु, थापाथली र कुपण्डोललगायत स्थानमा रहेको गुरुद्वारामा विशेष पूजापाठ एवं भण्डाराको कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments