ललितपुर/ नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएसन अन्तर्गत वाग्मती प्रदेश कमिटी तथा काठमाडौँ उपत्यका कमिटीको निर्वाचन भएको सम्पन्न भएको छ ।
बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित हुनु भएको छ भने काठमाडौँ उपत्यका कमिटीमा रुपेश अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको छ । दुबै कमिटी ९ जनाको रहेको छ ।
वाग्मती प्रदेश कमिटीको उपाध्यक्ष रविन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित हुनुभएको छ । सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यहरुमा दावा टासी शेर्पा, चन्द्रकृष्ण चक्रधर, मनीष महर्जन निर्वाचित हुनुभएको छ ।
यसैगरी, काठमाडौँ उपत्यका कमिटीमा उपाध्यक्ष श्रीधर पौडेल र बुद्धिराम शर्मा निर्वाचित हुनुभएको छ । सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन एवं सदस्यहरुमा शोभा सापकोटा थापा, विजयप्रसाद बस्याल, जित बुधवार, गंगा थापा मगर निर्वाचित हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेश, खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा तामाङ र विशेष अतिथिमा नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका अध्यक्ष रमेश पौडेल हुनुहुन्थ्यो ।
यसैगरी अन्य अतिथिहरुमा बेसबल संघका अध्यक्ष दीपक न्यौपाने, स्केटिङ तथा आइस स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल आईटिएफ तेक्वान्डो महासंघका सचिव अन्जना शिवाकोटी, नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल. कोषाध्यक्ष प्रनिल मान श्रेष्ठ हुनुहुन्थ्यो ।
ज्वागल ललितपुरस्थित “नेवाः भ्वय् छें एण्ड पार्टी प्यालेस” मा आयोजित भेलामा ४२ जनाको उपस्थिति रहेको आयोजकले जानकारी दिएका छन् ।
नेपालमा साहसिक तथा पर्यटकीय खेल स्पोर्ट क्लाइम्बिङ (रक क्लाइम्बिङ/वाल क्लाइम्बिङ) को विकास, विस्तार र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको एसोसियसन अन्तराष्ट्रिय महासंघको पूर्ण सदस्य हो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित