समवेदना व्यक्त गर्न कांग्रेस सभापति देउवा पनौतीमा

पनौती / मातृशोकमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र परिवारजनलाई समवेदना प्रकट गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनौतीस्थित निवास आएका छन् ।

आमा देवमाया हुमागाईको शोकमा रहेका परिवारजनलाई समवेदना दिन शनिवार दिउसो पनौती आएका सभापति देउवाले केन्द्रीय सदस्य हुमागाईसहित उनका दाजु वडा नं ९ का पूर्व सभापति श्रीकृष्ण हुमागाई, भाइ वडा नं ९ का अध्यक्ष सहकुल हुमागाई, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद रघुनाथ हुमागाई र बहिनी इश्वरी हुमागाई दाहालसहितका परिवारजनलाई समवेदना प्रकट गरेका हुन् ।

Lahachhap

हुमागाई परिवारमा समवेदना प्रदान गर्न सभापति देउवाका अलावा पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री शसांक कोइराला, प्रवक्ता प्रकाशरण महत, गृहमन्त्री रहेका कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक, मदनकृष्ण श्रेष्ठ, हरिशरण नेपाली, दिपकजंग बस्नेत, उर्मिला थपलिया, गणेश लामा, बाग्मती प्रदेश सभापति इन्द्र बानियाँ, महामन्त्री कञ्चनचन्द्र बादे, जिल्ला सभापति तीर्थ लामा, बाग्मती प्रदेश युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन लगायतका नेता कार्यकर्ता पनौतीस्थित निवास पुगेका छन् ।

नेपाली कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ता उपस्थित भएर परिवारजनलाई समवेदना प्रकट गरिरहेका छन् ।

आमा देवमायाको ९१ बर्षको उमेरमा पुष १६ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments