अस्मिता र सुमनले ल्याए (भिडिओ )”सौभाग्य मेरो जीवनको”

काठमाडौँ / बेजिला फिल्मसको  प्रस्तुतिमा रहेको प्रेमिल गीत “सौभाग्य मेरो जीवनको” सार्वजनिक भएको  छ।

गीतमा सुमन केसी र अस्मिता अधिकारीको सुमधुर  स्वर सुन्न सकिन्छ। गीतका शब्द किशोर पोखरेलले लेखेका हुन् भने संगीत रमेश अन्जन कडरियाको रहेको छ। गीतलाई गायक सुमन केसीले नै संगीत संयोजन गरेका छन्।  

गीतको भिडियोलाई  लक्ष्मण पुन लक्स को निर्देशनमा तयार पारिएको हो । सहाएक निर्देशनमा धर्मेन्द्र पुर्जा रहेका  छन्। भिडियोमा लक्ष्मण पुन लक्स र लक्ष्मी पुर्जा  मुख्य भूमिकामा देखिएका छन्।

भिडियोको छायाँकन गोविन्द बिष्टले गरेका हुन्। भिडियोको  सम्पादन र कलर सुधार सुप्रिम पराजुलीले गरेका छन्।

जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस म्युजिक भिडियोले  दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

भिडियो  बेजिला फिल्मस् को आधिकारिक  युट्युब च्यानलमा उपलब्ध छ।

भिडियो लिंक:  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments