जाडोबाट बचाउन विपन्न परिवारलाई न्यानो लुगा र ‘ब्ल्याङ्केट’ वितरण

काठमाडौं/नेपालको पशुपन्छी औषधिक्षेत्रकै प्रतिष्ठित कम्पनी कान्तिपुर भेट डिष्ट्रिव्यूटर्स प्रालिले संस्थागत सामाजिक उत्तरदायित्त्व (सिएसआर) अन्तर्गत तराईमधेशका विपन्न परिवारलाई लक्षित गरी न्यानो लुगा र ‘ब्ल्याङ्केट’ वितरण गरेको छ ।

पछिल्ला केही दिनदेखि तराईमधेश क्षेत्रमा चिसो बढ्दो क्रमसँगै शीतलहरसमेत आउन सक्ने सम्भावनलाई आँकलन गरी कम्पनीले न्यानो लुगा र ‘ब्ल्याङ्केट’ वितरण गरेको जनाएको छ ।

कम्पनीले बारा जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत सिम्रौनगढ नगरपालिकाका २ सय विपन्न परिवारलाई न्यानो लुगा र ‘ब्ल्याङ्केट’ वितरण गरेको हो ।

सो अवसरमा बारा जिल्ला प्रतिनिधि सभा क्षेत्र नं १ का सांसद अच्युतप्रसाद मैनालीले प्रमुख अतिथिको रुपमा न्यानो लुगा र ‘ब्ल्याङ्केट’ वितरण गर्नुहुँदै आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई जाडोबाट बचाउनका लागि कान्तिपुर भेट समूहले पुर्‍याएको सहयोगको सह्राना गर्नुभयो ।

Lahachhap

निजीक्षेत्र लगायत अन्य संघसंस्थाले पनि कान्तिपुरभेटले झैं विपन्न परिवारलाई जाडोबाट जोगाउन यस्तै सहयोग हुने पनि उहाँले अपेक्षा गर्नु भयो ।

कार्यक्रममा कम्पनीकी अध्यक्ष सुना सुबेदी बडालले विगतदेखि नै आफू विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध भएर विभिन्न सहयोग गर्दै आइरहेकोमा अहिले आफ्नै कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्त्व(सिएसआर)अन्तर्गत विपन्न परिवारलाई न्यानो लुगा र ‘ब्ल्याङ्केट’ वितरण गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कान्तिपुर भेटले पशुपन्छीको औषधि आयात र विक्रीवितरणमार्फत कृषकहरुलाई प्रत्यक्ष लाभ दिइरहेकोमा पछिल्लो वर्षहरुमा मानवीय सहयोगसमेत गर्दै आएका छौं । हाम्रो कम्पनीले समुदायको आवश्यकताको पहिचान गर्दै आगामी दिनमा पनि यस्तै कामहरु गर्दै जानेछ ।’

Lahachhap

कान्तिपुर भेट डिष्ट्रिव्यूटर्स, के गर्छ?

ललितपुरको बालकुमारीमा मुख्यालय रहेको कान्तिपुर भेट डिष्ट्रिव्यूटर्स प्रालिले २४ वर्षदेखि नेपालमा पशुपन्छीका औषधिहरु आयात तथा विक्री वितरण गर्दै आइरहेको छ ।

यसकै सहायक कम्पनीका रुपमा स्थापना भएको कान्तिपुर पोल्ट्री ब्रिडिङ फार्मले निजगढमा ब्रोइलरको एक दिने चल्लाहरु उत्पादन गर्दै आइरहेको छ भने पुरानो वानेश्वरमा युनिक कोल्ड स्टोरमार्फत ब्रोइलरका तयारी मासुहरुको विक्री वितरण गर्दै आइरहेको छ ।

कम्पनीकै लगानी र अग्रसरतामा पाँचखाल काभ्रेपलाञ्चोकमा स्थापना भएको तत्कालीन कान्तिपुर फर्मास्युटिकल्स ल्याब प्रालि (हालको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड) ले भेटेरीनरी औषधि उत्पादनकै क्षेत्रमा पहिलो पटक पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्दैछ ।

यसका लागि मुक्तिनाथ क्यापिटल्स लिमिटेडलाई बिक्री प्रबन्धक तोकिसकेको छ । कम्पनीले जारी पूँजीको १४.८६ प्रतिशत अर्थात ११,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments