अखिल (क्रान्तिकारी)मा ३२ वर्ष उमेरमुनिका विद्यार्थी मात्रै उम्मेदवार बन्न पाउने

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ ।

अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ ।

मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो ।

उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो ।

प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ ५ गते मनोनयन दर्ता हुने र माघ १२ गते शनिबारका दिन निर्वाचन हुनेछ ।

संगठनका अध्यक्ष पञ्चा सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेरहद ३२ लागु हुने पक्षको जित भएको भन्दै यो ऐतिहासिक जितका लागि बधाई दिएकी छन् ।

Lahachhap
Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments