युट्युब ट्रेण्डिङमा

वैशाख २६ मा रिलिज हुने ‘ऊनको स्विटर’ को नयाँ गीत सार्वजनिक

काठमाडौँ/तमु ल्होसारको अवसर पार्दै फिल्म ‘ऊनको स्विटर’ को नयाँ गीत ‘मखमली’ बिहीबार सार्वजनिक गरिएको छ । ‘कौडा/चुट्का’ मा आधारित यस गीतमा प्रेम, वियोग, हास्यव्यंग्य, व्यथा र सामाजिक परिवेशलाई व्यक्त गरिएको छ ।

जसमा फिल्मका मुख्य जोडी विपिन कार्की र मिरुना मगरबीचको अव्यक्त प्रेमलाई दर्साइएको छ । गण्डक क्षेत्रमा चर्चित मानिने यो भाकालाई पूर्वी नेपालको पाँचथरको संस्कृतिमा आधारित उक्त फिल्ममा समावेश गरिएको हो ।

सुजन चापागाईं र सुनिता थेगिमको युगल गायन रहेको ‘मखमली’ को शब्द रचना हर्क साउद र संगीत गायक चापागाईंकै रहेको छ । दीप गुरुङले कोरियोग्राफी रहेको यस गीतको भिडियोमा अभिनेता विल्सनविक्रम राई पनि रहेका छन् ।

आगामी वैशाख २६ मा रिलिज हुने ‘ऊनको स्विटर’ लाई नवीन चौहानले निर्देशन गरेका हुन् । फिल्ममा विपिन, मिरुना र विल्सनसहित सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।

‘घुमी घुमी,’ ‘देखेर तिमीलाईः तीन पाते,’ ‘फूलथुङ्गे रानी,’ ‘चन्द्रमा’ जस्ता लोकलयमा आधारित ‘म्युजिकल फिल्म’ बनाएको आर्टमान्डूले पहिलो पटक फिल्म निर्माणका रूपमा ‘ऊनको स्विटर’ ल्याउन लागेको हो । फिल्मका संगीत निर्देशक पनि सुजन चापागाईं नै हुन् ।

हेर्नुहोस गीतः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments