कर्णालीका विद्यार्थीले नेपाल इको प्यानलको उत्पादन प्रकृयाबारेमा अध्ययन गरे

काठमाडौं / कर्णालीका प्राविधिक क्षेत्रका विद्यार्थीले शुक्रबार भक्तपुरस्थित नेपाल इको प्यानलको अध्ययन भ्रमण गरेका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्राविधिक शिक्षालय चन्दननाथ ३ जुम्लाका विद्यार्थीले भक्तपुरको झौखेलस्थित इको प्यानलको कारखानामा पुगेर इको प्यानलको उत्पादन प्रकृयाबारेमा अध्ययन भ्रमण गरेका हुन् ।

शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिंग तेश्रो वर्ष पहिलो खण्डमा अधययन गर्ने प्रशिक्षार्थीहरुले शैक्षिक अध्ययन अवलोकन गरेको कम्पनीले जनाएको छ ।

शिक्षालयका प्रमुख टेकेन्द्रबहादुर थापाले विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि जुम्लादेखि भक्तपुरको इको प्यानलको कारखानामा लगिएको जानकारी गराए ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले आफूहरुले नाफा मात्रै केन्द्रित नभई सिक्ने सिकाउने संस्थाको रुपमा पनि कम्पनीलाई अगाडि वढाई विद्यार्थीलाई ठाउँ दिंदै आएको जानकारी गराए ।

भविष्यमा निर्माण क्षेत्रमा लाग्ने विद्यार्थीलाई निर्माण सामाग्रीकोबारेमा जानकरी दिन आफूहरुले विद्यार्थीहरुलाई ठाउँ दिंदै आएको उनले जानकारी गराए ।

Lahachhap

अहिलेसम्म देशका विभिन्न इन्जिनियरिंग कलेजहरुमा इन्जिनियरिंग अध्ययनरत विद्यार्थीहरुले कारखानाको अवलोकन भ्रमण गरेको जानकारी उनले गराए । भविष्यमा पनि यसका लागि आफूहरु सहयोग गर्ने तत्परता उनले जनाए ।

विद्यार्थीलाई इको प्यानलका प्रमुख इन्जिनियर कृष्णसुन्दर कुम्पाखले जानकारी गराएका थिए । इको प्यानल आधुनिक निर्माण सामाग्री भएको र यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुने जानकारी उनले गराएका थिए ।

कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा लगेर जोड्दा मात्रै पुग्ने भएकाले इको प्यानलको प्रयोगबाट तीव्र निर्माण सम्भब भएको उनले जानकारी गराएका थिए ।

साथै कर्णाली जस्तो विकट पहाडी ठाउँहरुमा पनि सजिलै ढुवानी गर्न सक्ने जानकारी उनले गराएका थिए । हलुका हुनाले विकट ठाउँहरुमा सजिलै लान सकिने उनको भनाई थियो ।

नेपाल इको प्यानल भूकम्पप्रतिरोधी छ । साथै यो आइओसी चिन्ह प्राप्त पनि छ । स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा यसको प्रयोग हुन्छ ।

डिलरहरुमार्फत् यसले देशभरि आफना उत्पादनहरु विक्रीवितरण गर्दै आएको छ । यसको कर्पोरेट कार्यालय भक्तपुरको सल्लाघारीमा रहेको छ । कारखाना भने जिल्लाको चाँगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments