काठमाडौं/ त्रिभुवन विश्वविद्यालयले आज स्वर्ण दीक्षान्त (५० औं दीक्षान्त) समारोह आयोजना गर्दैछ ।
दशरथ रंगशालामा हुने समारोहमा ७४ हजार १४९ जनालाई शैक्षिक उपाधि प्रदान गरिँदै छ ।
तीमध्ये सर्वोत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरुलाई २२ वटा पदक र पुरस्कार प्रदान गरिँदै छ ।
पदक र पुरस्कार पाउनेमा छात्रभन्दा छात्राको संख्या बढी छ । २२ पदक र पुरस्कारमध्ये १७ वटा छात्रा र ५ वटा मात्र छात्रले पाएका छन् ।
दीक्षित हुनेमध्ये १४ हजार ३ सय ८ जनाले दीक्षान्त समारोह दशरथ रंगशालामा सहभागी हुन आवेदन दिएका छन् । तीमध्ये ८ हजार ४ सय ४९ जना (५९ प्रतिशत) छात्रा, ५ हजार ८ सय ५८ जना (४१ प्रतिशत) मात्र छात्र र १ जना लैंगिक अल्पसंख्यक रहेका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित