कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने निर्णय दक्षिण कोरियाली विपक्षद्वारा स्थगित

दक्षिण कोरियाली विपक्षले मङ्गलबार कार्यवाहक राष्ट्रपति हान डक–सुविरुद्ध महाअभियोग लगाउने निर्णय हप्ताको अन्त्यसम्म स्थगित गर्ने बताएको छ ।

विपक्षी डेमोक्रेटिक पार्टीले यसअघि महाअभियोग लागेका आफ्ना पूर्ववर्ती राष्ट्रपतिको छानबिन गर्न विशेष विधेयकहरूमा हस्ताक्षर गर्न अन्तरिम नेताले अस्वीकार गरेको विरोधमा मङ्गलबार हानविरुद्ध महाअभियोग प्रस्ताव पेश गर्ने बताएको थियो ।

“हामीले जनताको भावनालाई ध्यानमा राख्दै धैर्य राख्ने निर्णय गरेका छौँ र हाम्रा मागहरू पूरा हुन्छन् कि हुँदैन भनेर निर्धारण गर्न २६ तारिख (बिहीबार) सम्म पर्खने निर्णय गरेका छौँ”, संसदीय दलका नेता पार्क चान–दाएले भन्नुभयो ।

पार्टीले मूलतः निलम्बित राष्ट्रपति युन सुक–योलको छोटो समयको सैनिक शासन घोषणा र उहाँकी पत्नी किम केओन हीसँग सम्बन्धित भ्रष्टाचारका आरोपहरूको छानबिन गर्ने दुई विशेष विधेयकहरूमा हानलाई हस्ताक्षर गर्न क्रिसमस इभलाई अन्तिम समयसीमा तय गरेको थियो ।

कन्जरभेटिभ राष्ट्रपति युनले ११ दिनअघि छोटो समयका लागि सैनिक शासन घोषणा गरेपछि देश दशकौँ यताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा फसेको थियो र त्यसपछि डिसेम्बर १४ मा संसद्ले उहाँलाई पदबाट हटाएको थियो ।

युन अहिले संवैधानिक अदालतको निर्णयको पर्खाइमा हुनुहुन्छ । महाभियोग प्रस्ताव पारित गर्नाका लागि यसको नौ सदस्यीय बेन्चबाट ६ मत चाहिन्छ ।

हाल तीनवटा सिट खाली छन् र नियुक्त गर्न सकिन्छ । तर युनलाई प्रतिस्थापन गर्न अघि बढेका विपक्षीको मागलाई हानले मङ्गलबारको मन्त्रिपरिषद् बैठकमा अस्वीकार गर्दै दुई विधेयकका लागि द्विदलीय सम्झौतामा जोड दिनुभयो ।

“हानको अडानले कारबाही ढिलाइ गरेर विद्रोह जारी राख्ने उहाँको मनसाय रहेको भन्ने व्याख्या गर्नुबाहेक हामीसँग अरु विकल्प छैन”, पार्कले पहिले पत्रकार सम्मेलनमा भन्नुभयो ।

युन अहिले प्रहरी, रक्षा मन्त्रालय र भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरू समावेश संयुक्त टोलीको छानबिनमा हुनुहुन्छ ।

दबाबमूलक राजनीति

मङ्गलबार डेमोक्रेटिक पार्टीका प्रवक्ता युन जोङ–कुनले पत्रकारहरूलाई हानविरुद्धको महाअभियोग प्रस्ताव पार्टीको आधिकारिक अडानका रूपमा ‘सर्वसम्मतिले अपनाइएको’ बताउनुभयो ।

महाभियोगका कारणहरूमा दुई विधेयक अस्वीकार मात्र नभई ‘विद्रोहमा सक्रिय रूपमा भाग लिने र समर्थन गर्ने’ र ‘विद्रोहपछि राष्ट्रपतिको अधिकार औपचारिक रूपमा समाप्त नभएको बेला अर्को प्रकारको शक्ति प्रयोग गर्ने प्रयास’ पनि समावेश छन् ।

हानलाई महाभियोग लगाउन ३०० सदस्यीय संसद्मा साधारण बहुमत मात्र चाहिन्छ विपक्षीको भनाइ छ । किनकि यो क्याबिनेट सदस्यका लागि आवश्यक सीमा हो ।

तर सत्तारूढ पिपुल पावर पार्टीले हान अहिले कार्यवाहक राष्ट्रपतिको रूपमा कार्यरत भएकाले दुई–तिहाइ बहुमत आवश्यक पर्ने तर्क गरेको छ ।

सत्तारूढ पिपुल पावर पार्टीका नेता क्वोन सेओङ–डोङले डेमोक्रेटिक पार्टीको ‘दबाबमूलक राजनीति चरम सीमामा पुगेको’ र ‘कार्यवाहक राष्ट्रपतिको अधिकारको वैध अभ्यासमा निरन्तर हस्तक्षेप गरिरहेको’ बताउनुभयो ।

“यो व्यवहार पैसा जम्मा नगरे प्रतिशोध लिने धम्की दिने गुन्डाहरूको भन्दा फरक छैन”, उहाँले भन्नुभयो । क्वेओनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

L’éblouissante aventure des casinos en ligne de Las Vegas

L’éblouissante aventure des casinos en ligne de Las Vegas

Glücksrausch in der Tasche mit der Casino Las Vegas App

Glücksrausch in der Tasche mit der Casino Las Vegas App

Whispers of Fortune Unveiled in the Enchanted Clubhouse Casino

Whispers of Fortune Unveiled in the Enchanted Clubhouse Casino

Clubhouse Casino Australia Unleashes a New Era of Gaming Elegance

Clubhouse Casino Australia Unleashes a New Era of Gaming Elegance

अन्य न्यूजहरु

news

L’éblouissante aventure des casinos en ligne de Las Vegas

news

Glücksrausch in der Tasche mit der Casino Las Vegas App

news

Whispers of Fortune Unveiled in the Enchanted Clubhouse Casino

news

Clubhouse Casino Australia Unleashes a New Era of Gaming Elegance