निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु

काठमाडौँ/ निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले आज संयुक्त रूपमा ‘परम्परागत चिनियाँ अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’ को उद्घाटन गर्नुभयो ।

मन्त्री गुप्ताले यस चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको बताउनुभयो।

“मानव शरीर, प्रकृति र ऊर्जाको सन्तुलनमा यो विधि आधारित छ । एक्युपञ्चर, हर्बल मेडिसिन, मसाज (तुइना) र खानपानसम्बन्धी परामर्शलगायत विधिले उपचार प्रणालीलाई नै समृद्ध बनाउँदै लगेको छ”, उहाँले भन्नुभयो, “त्यस्तो विधि नेपालमा पनि सुरु गरिएको छ । यसले यहाँको उपचार प्रणालीलाई थप समृद्ध बनाउने विश्वास लिएको छु ।”

मन्त्री गुप्ताले विश्वभर स्वास्थ्य सेवामा नवीन प्रविधि र परम्परागत ज्ञानको संयोजन बढिरहेको र त्यसले स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने धारणा राख्नुभयो ।

अस्पतालको स्थापना र त्यसपछि हालसम्म निरन्तर सहयोग गर्दै आएकामा चीन सरकारप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले अस्पताललाई अझै विस्तारित र प्रभावकारी बनाउन भविष्यमा चिनियाँ सहयोग आवश्यक रहेको बताउनुभयो ।

“इतिहासदेखि नै कायम नेपाल–चीन मित्रताको सम्बन्धलाई थप विस्तारित गर्न यस युनिटले महत्वपूर्ण योगदान दिने विश्वास लिएको छु”, मन्त्री गुप्ताले भन्नुभयो ।

Lahachhap

नेपालमा लागि चीनका राजदूत सोङ्गले सिभिल अस्पताललाई विश्वस्तरीय सेवाका साथ नेपालकै नमूना अस्पताल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधी पौडेलले अस्पतालले अबदेखि चिनियाँ चिकित्सा पद्धति सेवा उपलब्ध गराउने बताउनुभयो ।

उहाँका अनुसार चीन सरकारले जनशक्ति, औषधि र प्रविधिसहित हाल दुई जना चिकित्सक उपलब्ध गराएर सेवा दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments