नबिल बैंकले जाजरकोट भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास बनाइदियो

काठमाडौँ / नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ ।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीलाई आज आयोजित एक कार्यक्रममा अस्थायी आवास निर्माण सम्पन्न भएको जानकारी दिँदै त्यससम्बन्धी कागजपत्र उनीहरूलाई  हस्तान्तरण गरेका हुन् ।

बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका-१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो ।

बैंकले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आवास हस्तान्तरण कार्यक्रममा अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैँ प्रतिबद्ध रहेको बताउँदै प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले अस्थायी आवास निर्माण परियोजना कार्यान्वयन गरेको जानकारी दिए ।

नलगाड नगरपालिकाका प्रमुख रावत र चौरजहारी नगरपालिकाका प्रमुख वादीले भूकम्प प्रभावितलाई ओत लाग्ने ठाउँ उपलब्ध गराएकामा बैंक प्रति आभार व्यक्त गरेका थिए ।

आवास हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरीलगायत बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति थियो ।

अघिल्लो वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा व्यापक क्षति भएको थियो । 

हेर्नुहोस भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock the Thrill of Seamless Gaming with 1bet App Login

Unlock the Thrill of Seamless Gaming with 1bet App Login

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

Transforme sua sorte com o código de bônus 1bet e vença hoje

Transforme sua sorte com o código de bônus 1bet e vença hoje

अन्य न्यूजहरु

news

Unlock the Thrill of Seamless Gaming with 1bet App Login

news

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

news

Transforme sua sorte com o código de bônus 1bet e vença hoje