चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित

चितवन/ चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित हुनुभएको छ ।

शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उहाँ सम्मानित हुनुभएको हो ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बन्नुभएको बताउनुभयो ।

विसं २०४८ कात्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका–६ धादिङमा जन्मिनुभएका रमिला २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका–१ मा विवाह गरेर आउनुभएको हो ।

उहाँ स्नातकोत्तर तह (एमएड) उत्तिर्ण गर्ने चेपाङ समुदायबाट जिल्लाकै पहिलो बन्नुभएको छ । रमिला २०७६ सालदेखि शिक्षण पेशामा आबद्ध हुनुहुन्छ ।

पढ्नमा मिहनेती उनले गाउँकै कालिका माध्यमिक विद्यालयबाट आधारभूत तह ८ कक्षा उर्तीण गरी विशालटारमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयबाट कक्षा १२ कक्षासम्मको अध्ययन सक्नु भयो । सोही स्थानमा रहेको चन्द्रोदय बहुमुखी क्याम्पसबाट शिक्षाशास्त्रमा स्नातक तह उत्तिर्णपश्चात चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसबाट हालै स्नातकोत्तर सक्नुभएको हो । 

गण्डकी गाउँपालिका १ मकैसिङस्थित विजया भवानी माध्यमिक विद्यालयमा २०७७ सालदेखि निजी शिक्षकको रुपमा अध्यापन गराउँदै आउनु भएकी उहाँले २०७६ सालदेखि शिक्षण पेशामा हुनुहुन्छ । वि.सं. २०७४ सालदेखि २०७६ सालसम्म नेपाल सरकार गरिबी निवारण कोषमा सामाजिक परिचालकको रुपमा काम गर्नु भएकी उहाँले नेपाल सरकारको पाठ्य विकास केन्द्रद्वारा प्रकाशित चेपाङ भाषा पाठ्यक्रम निर्माणमा समेत संलग्न हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments