बाजुरा भूकम्पमा एउटा विद्यालयसहित ३६ बटा घरमा क्षति

काठमाडौँ / बाजुरा केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पबाट एउटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने ३४ बटा घरमा आंशिक क्षति पुर्‍याएको छ ।  

भूकम्पबाट बुढीनन्दा नगरपालिका ४ र स्वामीकार्तिक खापर गाउँपालिकामा बढी क्षति भएको छ। यस्तै त्यहाँ रहेको एक विद्यालयमा पनि क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

भूकम्पले क्षति पुगेका घरका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रूपक मण्डलले जानकारी दिए । 

उनका अनुसार मानवीय क्षति भने भएको छैन । थप जानकारी लिने कार्य भइरहेको छ । ‘भूकम्पले मानवीय क्षति भएको छैन, पूर्ण रूपमा क्षति पुगेका घरका परिवारलाई नजिकै आफन्तको घरमा सुरक्षित रहन भनेका छौँ’, उनले भने ।

अहिले भूकम्पले कहाँ कति क्षति भएको छ, यसको विवरण संकलन गर्ने काम भइरहेको मण्डलले बताए । उनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको र पीडितको सुरक्षाका लागि आइतबारदेखि राहतको व्यवस्था गर्ने योजना रहेको छ ।

बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर शनिवार बिहान ५.२ रेक्टरको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments