काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीमा आयोजित नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।
नेपाल जेसिजको तीन दिने ५१औं राष्ट्रिय महाधिवेशनमा देश भरका १७८ शाखाहरुबाट पर्यवेक्षक र प्रतिनिधिसहित पाँच हजारभन्दा बढी युवावर्गको जमघट रहेको महाधिवेशन निर्देशक दिपक ढकालले जानकारी दिनुभयो ।
इटहरी जेसीजको आतिथ्यतामा प्रारम्भ भएको महाधिवेशनमा प्रकरण गोष्ठी, शान्ति पदयात्रा, वक्तृत्वकला, पूर्व अध्यक्षहरूको ब्याडमिन्टन प्रतियोगिता र नेपाल जेसीजको वार्षिक साधारणसभा सम्पन्न हुनेछ ।
राष्ट्रिय महाधिवेशनमार्फत सन् २०२५ का लागि नेपाल जेसिजको राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुँदैछन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित