‘आन्तरिक पर्यटनमा जोड दिन आवश्यक’

काभ्रेपलाञ्चोक/ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटकीय गतिविधि थप चलायमान बनाउनका लागि आन्तरिक पर्यटनलाई बढावा दिनुपर्नेमा जोड दिनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको पनौतीमा सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानद्वारा आयोजित पुस्तक लोकार्पण एवं सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “आन्तरिक पर्यटन जति धेरै चलायमान हुन्छ, त्यति पर्यटकीय महत्व बढ्छ, त्यसलै हामीले आन्तरिक पर्यटनलाई पनि जोड दिनु आवश्यक छ ।”

उहाँले छिमेकी देश समृद्ध हुँदा पनि त्यसको फाइदा नेपालको पर्यटन क्षेत्रलाई हुने धारणा राख्नुभयो । “छिमेकी मुलुक भारत र चीनलगायतका देश समृद्धिको दिशामा अगाडि बढेका छन्, यो हाम्रो लागि पनि राम्रो विषय हो”, उहाँले भन्नुभयो ।

विभिन्न जाति, चाडपर्व, भेषभुषा, खानपानका हिसावले विविधतापूर्ण नेपालमा पर्यटननै विदेशी पर्यटक आकर्षित गर्ने प्रमुख माध्यम भएको उहाँको भनाइ थियो ।

उहाँले विश्व सम्पदामा सूचीकृतका पहल गरिरहेको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीलाई सूचीकृतयोग्य बनाउन मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यस अवसरमा मन्त्री पाण्डेले पनौतीका प्रेमबहादुर महाजू, महेश कर्माचार्य र इन्द्रकुमारी खड्कालाई ‘प्रजातान्त्रिक योद्धा’का रुपमा सम्मान गर्नुभयो ।

आजै मन्त्री पाण्डे काभ्रेली महिला सक्रिय समाजद्वारा आयोजित तीन सय हप्तामा प्रवेश पनौती त्रिवेणी सरसफाई नागरिक अभियानमा सहभागी हुनुभएको थियो ।

त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाई र मधुप्रसाद आचार्य, कांग्रेसका जिल्ला सभापति तिर्थ लामा, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीलगायतले विश्व सम्पदामा सूचीकृतको पहल भइरहेको पनौतीलाई लागि आ–आफ्ना क्षेत्रबाट योगदान पुर्याउन आग्रह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments