मधेस प्रदेशमै पहिलो फोहरमैला प्रशोधन केन्द्र सञ्चालन

महोत्तरी/ मधेस प्रदेशमा फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा आएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका र हिट्टा हेवी मेसिनरी एण्ड रिसाइक्लिन सेन्टर काठमाडौँको सहकार्यमा बर्दिबास–८ मा निर्मित फोहरमैला प्रशोधन केन्द्र शुक्रबार सञ्चालन भएको हो ।

प्रारम्भिक लागत रू एक करोड २० लाखको खर्चमा निर्मित केन्द्र मधेसकै पहिलो भएको केन्द्रका प्रबन्ध निर्देशक सुरेन्द्र साहको भनाइ छ ।

बर्दिबास नगरपालिका र हिट्टा हेवी मेसिनरी एण्ड रिसाइक्लिन सेन्टर काठमाडौँबीच भएको सहमतिबाट यो केन्द्र सञ्चालनमा आएको हो ।

साझेदार कम्पनी हिट्टा हेवी मेसिनरी एण्ड रिसाइक्लिन सेन्टर काठमाडौँले २० वर्षको अवधि प्रशोधन केन्द्र सञ्चालनको सहमति नगरपालिकाबाट पाएको छ । यस अवधिमा फोहर सङ्कलन, व्यवस्थापन, प्रशोधनबाट हुने आम्दानीबाट १२ प्रतिशत नगरपालिकाले प्राप्त गर्ने सम्झौता रहेको दुवै पक्षले पुष्टि गरेका छन् ।

सञ्चालनमा आएको केन्द्रले शुक्रबारदेखि नै नगरक्षेत्रबाट सङ्कलित फोहर प्रशोधन गर्न थालेको छ । अहिले फोहर प्रशोधन गरेर खरानी बनाइने इन्सिनिटर मेसिनमात्र जडान छ । अब केही महिनाभित्रै थप मेसिन जडान गरेर मल बनाउन थालिने केन्द्रका प्रबन्ध निर्देशक साहले स्पष्ट पार्नुभयो ।

“हामीले नगरक्षेत्रबाट सङ्कलित फोहर इन्सिनिटर मेसिनमा पेल्न थाल्यौँ, यसबाट जम्मा हुने खरानीबाट अब केही महिनाभित्रै उर्बर मल बनाउने कार्य सुरू हुन्छ”, प्रबन्ध निर्देशक साह भन्नुहुन्छ, “यो फोहरमैला व्यवस्थापनमा मधेस प्रदेशकै पहिलो प्रयत्न हो ।”

यो केन्द्रले अब अहिलेसम्म बर्दिबास नगरक्षेत्रका घरघरबाट र चोक बजार क्षेत्रबाट सङ्कलन हुने फोहर नियमित पेलेर खरानी बनाउने छ । केन्द्रमा जडित इन्सिनेटर मेसिन दैनिक छ टन फोहर पेल्ने क्षमताको रहेको प्रबन्ध निर्देशक साहको भनाइ छ । अहिले बर्दिबास नगरक्षेत्रमा चार टन फोहर दैनिक सङ्कलन हुँदै आएको छ ।

प्रशोधन केन्द्र सञ्चालनले नगर क्षेत्रको फोहर व्यवस्थापन हुनसँगै यसबाट आम्दानी हुन थाल्ने बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षत्री बताउनुहुन्छ । केन्द्र सञ्चालनका लागि नगरपालिकाले तीन बिघा पर्ति जग्गा उपलब्ध गराएको छ ।

Lahachhap

मल बेचेर प्राप्त हुने रकम र फोहर व्यवस्थापनका लागि घरघरै स्थानीय बासिन्दाबाट प्राप्त हुने शुल्क केन्द्रको आम्दानीको आधार हो । हाल नगरका तीन वटा वडा बस्तीबाट फोहर व्यवस्थापनबापत घरघरबाट गरी तीन लाख मासिक आम्दानी भइरहेको केन्द्रले जनाएको छ । अब नगरका १४ वटै वडा बस्तीमा फोहर सङ्कलन कार्य बढाइने साहले बताउनुभयो ।

केन्द्र सञ्चालनमा आएपछि अब फोहर कहाँ लाने ? कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता नरहने नगरप्रमुख क्षत्री बताउनुहुन्छ । यता केन्द्रले मल बनाउने मेसिनहरू खरिद भइसकेको जनाएको छ ।

“मल बनाउने मेसिन खरिद भइसकेको छ, अब ती मेसिन जडान गर्न र सञ्चालन गर्न बढीमा छ महिना लाग्नसक्छ”, प्रबन्ध निर्देशक साह भन्नुहुन्छ ।

मधेस प्रदेशमै पहिलो सञ्चालन भएको यो केन्द्रमा अहिले फोहर पेलेको हेर्न सर्वसाधारणको धुइरो लागेको छ । यो केन्द्रको सञ्चालनले मधेसमा फोहर व्यवस्थापनमा देखिँदै व्यहोरिँदै आइएको समस्या समाधानमा नयाँ उपलब्धि हासिल भएको यहाँका बुद्धिजीवी बताउँछन् ।

यो फोहरबाट मोहर बनाउने कार्यको मधेसका अन्य नगरले अनुसरण गर्नसके फोहर व्यवस्थापनमा व्यहोरिँदै आइएको समस्या समाधान हुने बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्का बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock the Thrill of Seamless Gaming with 1bet App Login

Unlock the Thrill of Seamless Gaming with 1bet App Login

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

Transforme sua sorte com o código de bônus 1bet e vença hoje

Transforme sua sorte com o código de bônus 1bet e vença hoje

अन्य न्यूजहरु

news

Unlock the Thrill of Seamless Gaming with 1bet App Login

news

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

news

Transforme sua sorte com o código de bônus 1bet e vença hoje