पर्यटनको राजधानी पोखरामा पुस १३ देखि २६ औँ सडक महोत्सव

काठमाडौँ/ आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा यही पुस १३ देखि १७ गतेसम्म २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ ।

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्न लागेको हो ।
पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको रेवानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
रेवानका केन्द्रीय अध्यक्ष सङ्घर्ष विष्टले सडक महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै विदेशी पर्यटकको बसाई लम्ब्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्व बजारमा पुर्याउन पनि मद्दत पुगेको उहाँको भनाइ छ । अध्यक्ष विष्टले विभिन्न नेपाली खाना, जातीय वेशभूषा र परम्परागत संस्कृतिको प्रदर्शनले समग्र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको लेकसाइड क्षेत्रको करिब तीन किलोमिटर क्षेत्रमा महोत्सव हुँदैछ ।

कला संस्कृति प्रवर्द्धन गर्न, स्थानीयस्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र त्यसको प्रचारप्रसार तथा ब्राण्डिङ गराउने एउटै थलोका रुपमा पोखरा सडक महोत्सवलाई लिइन्छ । महोत्सवले पर्यटक आकर्षण गर्नुका साथै लोपोन्मुख सामग्रीको संरक्षण गर्न ‘प्लेटफर्म’ पनि दिँदै आएको ।

समग्रमा सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्ने दरिलो माध्यम बनेको महोत्सवका संयोजक विकास भट्टरार्ईले बताउनुभयो ।

“पोखरामा महोत्सव आयोजना गर्नुअघि अङ्ग्रेजी नयाँवर्ष मनाउन धेरै नेपाली नागरिक पनि विदेशी जाने चलन थियो, नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे”, उहाँले भन्नुभयो, “तर, विगत २५ वर्षदेखिको निरन्तरताले अब नेपाली पर्यटनलाई मात्र नभएर विदेशीलाई पनि नयाँ वर्ष पोखरामा मनाउने वातावरण सिर्जना गराएको छ, महोत्सवकै कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन निकै बढेको छ ।”

महोत्सवको प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् रहेका छन् ।

विगत २५ वर्षदेखि निरन्तर रुपमा हुँदै आएको पोखरा सडक महोत्सव देशकै ठूलो महोत्सवका रुपमा रहँदै आएको छ । यो महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउन सहयोगीसिद्ध भएको छ ।

गत वर्षमात्र पाँच लाख स्वदेशी तथा विदेशी पर्यटकले सडक महोत्सवको अवलोकन गरेको रेवान पोखराका निवर्तमान अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयो । यस वर्ष झण्डै पाँच लाख पर्यटकले महोत्सव भ्रमण गर्ने उहाँको अनुमान छ ।

महोत्सवले पोखराको मात्र नभई समग्ररुपमा राष्ट्रिय अर्थतन्त्रमा नै महत्वपूर्ण योगदान पुग्ने रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो ।

उहाँका अनुसार महोत्सवको अवसरमा सडक महोत्सवमा रहने रेष्टुराँको मूल्यसूचिमा २० प्रतिशतसम्म छुट दिइने छ ।

यस्तै होटलमा २० प्रतिशत र प्याराग्लाइडिङ सेवामा १० छुट पाइने छ । स्थानीय उत्पादनको प्रवद्र्धन, वातावरणमैत्री वस्तुहरुको प्रयोग, नेपाली हस्तकलाको प्रवर्द्धनका लागि निःशुल्क व्यापारिक कक्षको व्यस्था गरिएको छ ।

महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मोमो, ससेज खाने प्रतियोगिता रहेका छन् ।

सम्बन्धित समाचारः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

L’éblouissante aventure des casinos en ligne de Las Vegas

L’éblouissante aventure des casinos en ligne de Las Vegas

Glücksrausch in der Tasche mit der Casino Las Vegas App

Glücksrausch in der Tasche mit der Casino Las Vegas App

Whispers of Fortune Unveiled in the Enchanted Clubhouse Casino

Whispers of Fortune Unveiled in the Enchanted Clubhouse Casino

Clubhouse Casino Australia Unleashes a New Era of Gaming Elegance

Clubhouse Casino Australia Unleashes a New Era of Gaming Elegance

अन्य न्यूजहरु

news

L’éblouissante aventure des casinos en ligne de Las Vegas

news

Glücksrausch in der Tasche mit der Casino Las Vegas App

news

Whispers of Fortune Unveiled in the Enchanted Clubhouse Casino

news

Clubhouse Casino Australia Unleashes a New Era of Gaming Elegance