काठमाडौँ/ यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् ।
पहिलो खेल बिहान सवा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ भने दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।
दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् ।
दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो । य
सअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ ।
विराटनगर किङ्ग्सले छमध्ये दुई खेलमात्र जितेको छ ।
पोखराको यो अन्तिम खेल हो । उसले पनि दुई खेलमात्र जितेको छ ।
सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित