काठमाण्डौ / नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको जीत निश्चित भएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार केही मत गन्न बाँकी भए पनि शर्माको गन्न बाँकी भन्दा बढी मतान्तर भइसकेको छ ।
गएरातिसम्मको मतगणनामा शर्मा निकटतम प्रतिस्पर्धी रमेश विष्टभन्दा एक हजार मतले अगाडि छन् ।
शर्माको जीतसँगै नेपाल पत्रकार महासङ्घले इतिहासमा पहिलो पटक महिला नेतृत्व पाउँदैछ । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् ।
अध्यक्षसँगै केन्द्रीय पदाधिकारीका धेरै पदमा पनि शर्मा प्यानलकै उम्मेदवारले जित्ने निश्चित भएको छ ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्षमा नितु पण्डित र महासचिवमा रामप्रसाद दाहालले अग्रता लिएका छन् ।
केही पदमा भने विष्ट प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचनको मतपरिणामको अन्तिम नतिजा भने आइतबारमात्रै सार्वजनिक गरिनेछ ।
निर्वाचनमा कांग्रेस एमाले निकट क्रमशः प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन थियो भने प्रेस सेन्टरसहितका केही पत्रकार संगठनले पनि तालमेल बनाएर निर्वाचनमा भाग लिएका थिए ।
यसरी तालमेल हुँदा प्रेस युनियनबाट अध्यक्षमा बागी उम्मेदवारी दिएका विष्टलाई प्रेस सेन्टर नेतृत्वलगायतले साथ दिएका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित