विशिष्ट परम्परा

प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय सेनाको मानार्थ महारथी प्रदान

काठमाडौँ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधान सेनापति महारथी अशोक राज सिग्देललाई भारतीय सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् । 

भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति सिग्देललाई आज राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । 

नेपाल-भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रही आएको छ ।

गत ६ मंसिरमा भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आउँदा पनि राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथी प्रदान गरेका थिए ।

प्रधान सेनापति सिग्देलले आजै भारतका माननीय रक्षा मन्त्री श्री राजनाथ सिंहसँग शिष्टाचार भेटघाट गरेका छन् । त्यसै गरी, उनले स्थल सेना भवन परिसरमा वृक्षारोपण समेत गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments