ज्यान मार्ने उद्योग कसूरमा फरार रोशी-७ एक जना पक्राउ


काठमाडौं/ विभिन्न कसूरमा संलग्न रही फरार रहेका प्रतिवादी काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-७ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-८ बस्ने ४२ वर्षीय लाल बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

लाल बहादुर तामाङ भएको ठगी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत ललितपुरबाट २०८१ असार १२ गते पक्राउ पुर्जी जारी भई वारदात पश्चात फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं रत्नपार्कबाट पक्राउ गरेको हो ।

साथै तामाङ उपर काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसूर र वैदेशिक रोजगार न्यायाधीकरणबाट वैदेशिक रोजगार सम्बन्धी कसूरमा समेत पक्राउ अनुमति प्राप्त भई फरार रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments