जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु  

काठमाडौँ । जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन् । 

दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ।

नलगाड नगरपालिकाको कालीमाटी बजारबाट कैना हुँदै कट्के जान लागेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप बुधबार राति ११ बजे बासकोटको मोडबाट सडकबाट करिब ८ सय मिटर तल खसेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments