 
                    मकवानपुर/ बागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेशको रिक्त उपाध्यक्ष पदमा चितवनका हरिप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय हेटौँडामा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले चितवनको राप्ती नगरपालिका –७ का पौडेललाई बोर्डको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट बोर्डको उपाध्यक्षमा नियुक्त गर्न तीन जनाको नाम सिफारिश भएकोमा पोडेललाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
मन्त्रीपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको वार्षिक आयोजना छनोट कार्यविधि संशोधन गर्न, प्रदेशका विभिन्न मन्त्रालयका चालु तर्फको बजेट कटौतीगरी विपतमा खर्च गर्ने र बहुवर्षीय योजनासम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ ।
 
                            खुसी
 
                            दुःखी
 
                            अचम्मित
 
                            उत्साहित
 
                            आक्रोशित