काठमाडौँ महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकले ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि २०८१’ पारित गरेको छ ।
आइन्दा लहरे बत्ती व्यवस्थापन कार्यविधिबमोजिम सजावट वा सुन्दरताका लागि कुनै पनि बोट विरुवामा लहरे बत्ती राख्न पाइँदैन ।
अन्य व्यावसायिक तथा सार्वजनिक स्थानमा वत्ती राख्न वातावरण व्यवस्थापन विभागका अनुमति लिनुपर्नेछ ।
सजावट र सुन्दरताका लागि राखिएका बत्तीको गुणस्तर, जनस्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक प्रभाव, प्राणी र जीवहरुको बास, आहार तथा आवतजावतमा पार्ने नकारात्मक असर घटाउने विषयहरु कार्यविधिमा समेटिएका छन् ।
कार्यविधिले जात्रा पर्वमा प्रयोग गरिने बत्तीहरु बढीमा ७ दिनसम्म राख्न सकिने व्यवस्था गरेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित