जात्रा पर्वमा प्रयोग गरिने बत्तीहरु बढीमा ७ दिनसम्म राख्न सकिने

काठमाडौंमा सजावट वा सुन्दरताका लागि कुनै पनि बोटबिरुवामा लहरेबत्ती राख्न नपाइने

काठमाडौँ महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकले ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि २०८१’ पारित गरेको छ ।

आइन्दा लहरे बत्ती व्यवस्थापन कार्यविधिबमोजिम सजावट वा सुन्दरताका लागि कुनै पनि बोट विरुवामा लहरे बत्ती राख्न पाइँदैन ।

अन्य व्यावसायिक तथा सार्वजनिक स्थानमा वत्ती राख्न वातावरण व्यवस्थापन विभागका अनुमति लिनुपर्नेछ ।

सजावट र सुन्दरताका लागि राखिएका बत्तीको गुणस्तर, जनस्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक प्रभाव, प्राणी र जीवहरुको बास, आहार तथा आवतजावतमा पार्ने नकारात्मक असर घटाउने विषयहरु कार्यविधिमा समेटिएका छन् ।

कार्यविधिले जात्रा पर्वमा प्रयोग गरिने बत्तीहरु बढीमा ७ दिनसम्म राख्न सकिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments