कांग्रेसले गण्डकी प्रदेशसभा सदस्यमा सुनिता थापालाई सिफारिस गर्यो

काठमाडौं/नेपाली कांग्रेसले गण्डकी प्रदेश सभामा रिक्त प्रदेश सभा सदस्य (सांसद)मा सुनिता थापालाई पठाउने निर्णय लिएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई प्रदेश सभा सदस्य(सांसद) बनाउने निर्णय गरेको हो ।

कांग्रेसबाट प्रदेश सभा सदस्य (सांसद)मा नियुक्त विमला गौचनको मृत्यु भएका कारणले समानुपातिक सूचीमा गौचन पछि रहेकी स्याङ्जाकी थापालाई प्रदेश सभा सदस्य (सांसद) बनाउने निर्णय भएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी गराए ।

‘समानुपातिक पदको पूर्ति गर्न सुनिता थापालाई प्रस्ताव पठाउने विषयलाई बैठकले अनुमोदन गर्‍यो,’ महतले भने ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीअनुसार आदिवासी/जनजाति थापाको नाम पाँचौ नम्बरमा रहेको छ । 

स्याङ्जाको चापाकोट नगरपालिका– ९ मा जन्मिएकी सुनिता थापा कांग्रेसका साथै सामाजिक क्षेत्रमा काम गर्दै आएकी छिन् ।

कांग्रेसको गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि रहेकी सुनिता थापाले ६ कक्षा पढ्दै गर्दा बिरामी भएर श्रवणशक्ति गुमाएकी थिइन् । २०२९ सालमा जन्मिएकी सुनिताले स्नातकसम्मको अध्ययन गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments