काठमाडौँ महानगरमा खुला रुपमा फोहोरमैला बाल्नमा निषेध, अटेर गरे कारबाही

काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर मैला बाल्न निषेध गरेको छ । 

महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको उल्लेख छ।

यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८१ बमोजिम कारबाही हुने व्यहोरा पनि महानगरको वातावरण व्यवस्थापन विभागले सूचनामा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments