कर्मचारीतन्त्रले नभई राजनीतिक दलहरुले नेपाललाई असफल मुलुक बनाउनमा भूमिका खेलिरहेकाः प्राडा आचार्य

काठमाडौं / संयुक्त राष्ट्र संघका लागि नेपाली पूर्व राजदूत तथा प्राध्यापक डा. जयराज आचार्यले नेपाललाई असफल मुलुक बनाउनमा कर्मचारीतन्त्रले नभई राजनीतिक दलहरुले भूमिका खेलिरहेको बताएका छन् ।

नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृतहरुको सम्मानमा सेडेप नेपाल (नेम) ले आज काठमाडौंमा आयाजना गरेको कार्यक्रममा बोल्दै प्राध्यापक डा. आचार्यले यस्तो बताएका हुन् ।

कर्मचारीतन्त्रमा राजनीतिक दलका विभिन्न संघ, संगठनहरुको प्रभावका कारण कर्मचारीको वृत्ति विकासमा समस्या हुने गरेको साथै चाहे जस्तो प्रतिफल दिन नसकेको हुँदा दलका संघ, संगठन खारेज हुनुपर्ने आचार्यको भनाई छ ।

डा. आचार्यले जनतालाई छिटो, छरितो र प्रभावकारीरुपमा सार्वजनिक सेवा प्रवाह गर्न कुनै दाग नलाग्ने गरी इमान्दारीपूर्वक कर्तव्यनिष्ठ भएर जनताको सेवामा लाग्न नवनियुक्त शाखा अधिकृतहरुलाई अनुरोध गरे ।

शाखा अधिकृतहरुको तलबमान निकै कम रहेका बताउँदै डा. आचार्यले कर्मचारीतन्त्रको आकार घटाएर भएपनि तलबमान कम्तीमा ६० हजार रुपैँया बनाउनु पर्ने सुझाव दिए ।

सेडेप नेपालले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा, राजश्व तथा लेखापरीक्षण सेवा, न्याय सेवा र परराष्ट्र सेवाका नवनियुक्त शाखा अधिकृतहरुलाई सम्मान गरेको हो ।

सेडेप नेपाल विगत १८ बर्षदेखि सरकारी सेवाका प्रवेशको लागि सहजीकरण तथा मार्ग निर्देशन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments