काभ्रे वन पैदावारमा तामाङ निर्विरोध

काभ्रेपलान्चोक / काभ्रे वन पैदावर उद्योग ब्यवसायी संघको चौथो जिल्ला अधिबेशन शुक्रबार धुलिखेलमा सम्पन्न भएको छ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले प्रेमबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

संघको बरिष्ठ उपाध्यक्षमा यज्ञबहादुर दनुवार, उपाध्यक्षमा गुरुप्रसाद तिमल्सिना, सचिवमा कमल तामाङ, कोषाध्यक्षमा रुपेश तामाङ, सहसचिवमा विक्रम तिमल्सिना रहेका छन् भने सदस्यमा कृष्णबहादुर श्रेष्ठ, निरजकुमार तामाङ, उज्वल तामाङ, दिनेश तिमल्सिना र सविन बस्नेत चुनिएका छन् ।

कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष दिनेशराज रेग्मी, महासचिव माधवमणी हुमागाई, डिभिजन वन कार्यालय काभ्रेका प्रमुख कृष्णबहादुर थापा, उपत्यका अध्यक्ष तिर्थ महर्जन, बागमती प्रदेश अध्यक्ष रविन्द्र बैदार, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, पत्रकार महासंघ काभ्रेका पुर्वअध्यक्ष मोतीराम तिमल्सिना लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments